६ श्रावण २०८३, बुधबार
,
Latest
मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ बजे बस्दै एमालेका ६ मन्त्रीद्वारा बागमती प्रदेश सरकारबाट सामूहिक राजीनामा वीपी स्मृति दिवसमा काँग्रेसद्वारा ‘ग्रीन रन’ आयोजना, मुकेश पाल प्रथम आन्तरिक राजस्व कार्यालय भरतपुरद्वारा २७ अर्ब राजस्व सङ्कलन अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म जलवायु परिवर्तनलाई विकासको मूल एजेण्डा बनाउनुपर्छः गगन थापा एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक प्रधानमन्त्रीले आज नेपाल हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्दै पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिहार विधानसभाः मोदी र नितिशको गठबन्धन १६० सीटमा अगाडि, यस्तो छ सुरुआती मतगणना



अ+ अ-

एजेन्सी । बिहारको विधानसभा निर्वाचनको मतदान पछि आज बिहानदेखि मतगणना सुरु भएको छ ।

बिहारमा कुल २४३ विधानसभा सिट छन् र सरकार बनाउन कुनै पनि दल वा गठबन्धनले १२२ सिट जित्न आवश्यक छ । जसको लागि नीतीश कुमारको नेतृत्वको नेशनल डेमोक्रेटिक एलाइन्स (एनडीए) र तेजस्वी यादवले नेतृत्व गरेको महागठबन्धनबीच प्रतिस्पर्धा भईरहेको छ ।

अहिलेसम्म प्रारम्भिक रुझान आउँदा बिहारमा नीतिश कुमारको पार्टी अगाडि देखिएको छ । उनले नेतृत्व गरेको एनडीए गठबन्धन १६० सीटमा अगाडि छ ।
एनडीएमा समावेश जनता दल युनाइटेड (जदयु) ७५ र भारतीय जनता पार्टी (भाजपा) ७० सीटमा अगाडि छन् ।

एनडीएमा समावेश भाजपाले १०१ सिटमा, जेडीयूले १०१ सिटमा, चिराग पासवानको पार्टी एलजेपी (रामविलास) ले २९ सिटमा, उपेन्द्र कुशवाहाको पार्टी आरएलएमले ६ सिटमा र जितन राम माझीको पार्टी एचएएमले ६ सिटमा चुनाव लडिरहेको छ ।

यस्तै, तेजस्वी यादव नेतृत्वको महागठबन्धन ७९ सीटमा अगाडि छ । महागठबन्धनमा राष्ट्रिय जनता दल (राजद), कांग्रेस, सीपीआई (एमएल) लगायत दल छन् । आरजेडी समावेश भएको महागठबन्धनले आधिकारिक रूपमा १४३ सिट, कांग्रेस ६१, वामपन्थी दलहरूले ३० र भिआइपी ९ सिटमा चुनाव लडिरहेको छ।