१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिहार विधानसभाः मोदी र नितिशको गठबन्धन १६० सीटमा अगाडि, यस्तो छ सुरुआती मतगणना



अ+ अ-

एजेन्सी । बिहारको विधानसभा निर्वाचनको मतदान पछि आज बिहानदेखि मतगणना सुरु भएको छ ।

बिहारमा कुल २४३ विधानसभा सिट छन् र सरकार बनाउन कुनै पनि दल वा गठबन्धनले १२२ सिट जित्न आवश्यक छ । जसको लागि नीतीश कुमारको नेतृत्वको नेशनल डेमोक्रेटिक एलाइन्स (एनडीए) र तेजस्वी यादवले नेतृत्व गरेको महागठबन्धनबीच प्रतिस्पर्धा भईरहेको छ ।

अहिलेसम्म प्रारम्भिक रुझान आउँदा बिहारमा नीतिश कुमारको पार्टी अगाडि देखिएको छ । उनले नेतृत्व गरेको एनडीए गठबन्धन १६० सीटमा अगाडि छ ।
एनडीएमा समावेश जनता दल युनाइटेड (जदयु) ७५ र भारतीय जनता पार्टी (भाजपा) ७० सीटमा अगाडि छन् ।

एनडीएमा समावेश भाजपाले १०१ सिटमा, जेडीयूले १०१ सिटमा, चिराग पासवानको पार्टी एलजेपी (रामविलास) ले २९ सिटमा, उपेन्द्र कुशवाहाको पार्टी आरएलएमले ६ सिटमा र जितन राम माझीको पार्टी एचएएमले ६ सिटमा चुनाव लडिरहेको छ ।

यस्तै, तेजस्वी यादव नेतृत्वको महागठबन्धन ७९ सीटमा अगाडि छ । महागठबन्धनमा राष्ट्रिय जनता दल (राजद), कांग्रेस, सीपीआई (एमएल) लगायत दल छन् । आरजेडी समावेश भएको महागठबन्धनले आधिकारिक रूपमा १४३ सिट, कांग्रेस ६१, वामपन्थी दलहरूले ३० र भिआइपी ९ सिटमा चुनाव लडिरहेको छ।