६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

मदिराले बर्बाद त्यो गाउँ : १५ दिनमा ११ को मृत्यु, गाउँ नै विक्षिप्त

मदिराले बर्बाद त्यो गाउँ  : १५ दिनमा ११ को मृत्यु, गाउँ नै विक्षिप्त
अ+ अ-

धनुषा । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–२ रमदैयामा घरेलु रक्सी पिउँदा दुई सातामा ११ जनाको ज्यान गएको छ । तीमध्ये आठको बिहीबार र शुक्रबार मृत्यु भएको हो । मृत्यु हुनेमा रामविलास मण्डल, शत्रुधन मण्डल, इन्द्रजित महरा, ब्रह्मदेव यादव, गुदर महरा, रामनारायण महरा र नीरश यादव छन् । धनुषाकै रूपैठ घर भई रमदैयास्थित ससुरालीमा बस्दै आएका राजु महराको पनि मृत्यु भएको छ । शत्रुधन मण्डलको शुक्रबार साँझ जनकपुरको सिटी अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । दुई साताअघि रमदैयासँगै जोडिएको मुसहर बस्तीमा मदिरा सेवनबाटै भुनटुन सदा, दसै सदा र विजय महराको मृत्यु भएको थियो । सबैको सुरुमा टाउको र पेट दुख्ने, बान्ता आउने, आँखा डम्म हुने र अन्ततः शरीर चिसो भएर ज्यान गएको स्थानीयले बताएका छन् ।

मदिरा सेवनकै कारण भरत मण्डल, ईश्वर महरा, शम्भु महरा, उपेन्द्र महरा र सीताराम यादव सिकिस्त बिरामी छन् । ईश्वरको सिटी अस्पतालमै उपचार भइरहेको छ । अन्यको पनि जिल्लाका स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

गाउँकै पसलमा प्राप्त घरेलु मदिरा सेवन गर्दा उनीहरूको मृत्यु भएको स्थानीयले बताएका छन् । इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्स्पेक्टर पप्पु नायकले पनि उनीहरूले होलीमा अत्यधिक सेवन गर्दा ज्यान गएको बताए । ‘उनीहरूले कुन मदिरा खाएको हो पुष्टि गर्न अनुसन्धान थालेका छौँ, स्थानीय केही पसलबाट मदिरा बरामद पनि गरेका छौँ,’ इन्स्पेक्टर नायकले भने, ‘बरामद मदिरा विषालु हो–होइन जाँच गर्न पठाएका छौँ ।’ प्रहरीले अवैध घरेलु मदिरा बेचेको आरोपमा स्थानीय रामनन्द साह र तारापट्टी भनिने छठियादेवी चौधरीलाई पक्राउसमेत गरेको छ । धनुषाका प्रहरी प्रवक्ता रामेश्वर कार्की उनीहरूको मृत्युको कारणबारे अनुसन्धान सुरु भएको बताउँछन् ।

गाउँ नै विक्षिप्त

मदिराले निम्त्याएको क्षतिले रमदैया गाउँ विक्षिप्त छ । ७० वर्षीया सिलोचनादेवी मण्डलले दुई छोरा गुमाएकी छिन् । मृतक शत्रुधन र रामविलास उनका छोरा हुन् । अर्का छोरा भरत अस्पतालको आइसियूमा छन् ।

‘म बुढी बरु जिउँदै छु, तर छोराहरू मलाई छाडेर गए,’ सम्हालिन नसकेकी सिलोचनाले भनिन् । तीन भाइले छिमेकी शम्भु चौधरीको पसलबाट घरेलु मदिरा ल्याएर खाएका थिए । घटनालगत्तै शम्भु फरार छन् ।

रामविलास १० दिनअघि मात्रै मलेसियाबाट घर फर्केका थिए । तीन छोरी र एक छोरा रहेका रामविलासको घरको आर्थिक अवस्था दयनीय छ । ‘कमाउने उहाँ मात्रै हुनुहुन्थ्यो, उहाँले छाडेर गएपछि दुनियाँ नै अन्धकार भयो,’ श्रीमती फुलोदेवीले भनिन्, ‘२० लाखभन्दा बढी ऋण छ । अब कसरी तिर्ने ? छोरीहरूको विवाह कसरी गर्ने ?’

घरेलु मदिराले ज्यान जाने ४५ वर्षीय ब्रह्मदेव यादव गत शुक्रबार मात्रै दिल्लीबाट फर्किएका थिए । दिल्लीमा उनी एक चाइनिज कम्पनीमा काम गर्थे । कोरोना त्रासका कारण कम्पनी तत्कालका लागि बन्द भएपछि उनी घर फर्केका थिए । भाइसँग बसेर बुधबार मदिरा पिएका उनको बिहीबार दिउँसो मृत्यु भएको हो ।

‘सुरुमा टाउको र पेट दुख्यो भन्नुभयो, गाउँकै पसलबाट पेनकिलर ट्याब्लेट ल्याएर दिएँ, त्यो खाएपछि केही आराम भयो भन्नुभयो,’ श्रीमती धनलुटनले भनिन्, ‘केही समयपछि त आँखा देख्नै छाडेको, पेट डम्म फुलेको भन्नुभयो । अस्पताल जाँदै गर्दा बाटैमै ज्यान गयो ।’

मृतकका एक छोरा र चार छोरी छन् । ६ वर्षीय छोरा अमृतले अहिले बाबुको किरिया गरिरहेका छन् । आँसु झार्दै धनलुटनले भनिन्, ‘एउटी छोरीको त विवाह भइसकेको छ, अरू सबै सानै छन्, बस्ने घर र एक कट्ठा खेत पनि महाजनको नाउँमा छ ।’

शुक्रबार ज्यान गुमाएका २५ वर्षीय इन्द्रजित महराले घरमै सानो किराना पसल चलाएर घरपरिवार पाल्दै आएका थिए । अन्य मृतक रामविलास महरा र राजु महरासँगै बसेर उनले घरेलु मदिरा पिएका थिए । उपचारका लागि धरान लैजाँदै गर्दा उनको बाटैमा ज्यान गएको हो ।

डेढ वर्षअघि अञ्जु महरासँग विवाह गरेका इन्द्रजितको ६ महिनाकी छोरी छिन् । घरमा कमाउने इन्द्रजित मात्रै थिए । श्रीमान्को मृत्युमा अञ्जु पटक–पटक मुर्छित हुन्छिन् । सान्त्वना दिन पुग्ने सबैलाई उनको प्रश्न हुन्छ, ‘म अब कसको सहारामा बाँच्ने ? मेरो दुनियाँ कसरी चल्छ ?’ सान्त्वना दिनेहरू जवाफविहीन मुन्टो निहु¥याउँछन् । इन्द्रजितकै घरको अवस्था रामविलास, राजु र गदरी महराको घरमा छ । उनीहरू सबै छिमेकी हुन् । अधिकांश मृतक मजदुरी गरेर गुजारा चलाउने गरिब परिवारका सदस्य छन् ।

देवी रिसाएर घटना भएको अन्धविश्वास

रक्सीले गाउँमा भटाभट ज्यान लियो । मृतक र घाइतेका परिवार शोकमा छन् । अन्य गाउँले त्रासमा । उनीहरूलाई लागिरहेको छ, यो सब दैवी शक्तिले भयो । यही अन्धविश्वासका कारण उनीहरू घरमा ताल्चा मारेर भाग्न थालेका छन् ।

समाजवादी पार्टीकी स्थानीय नेतृ एवं पूर्वसांसद उर्मिला यादवले भनिन्, ‘यहाँ आउँदा मलाई पनि गाउँका केही मान्छेले रोके । महारानी (देवी) रिसाएर घटना भएको हो, नजानुस् भने । गाउँमा बसे आफ्नो परिवारका सदस्यसमेत मर्ने भन्दै घर छाडेर भागेका छन् ।’

एक महिलाले आफूमाथि महारानी सवार भएको भन्दै काम्न थालेपछि स्थानीय झन् त्रसित भएका छन् । स्थानीयले शुक्रबार गाउँको डिहबार थानमा सलामीसमेत दिएका छन् । सबै घरबाट कम्तीमा एक–एकजना भेला भएर देवीको सामूहिक पूजा गरेका छन् । दुई महिनाअघि क्षीरेश्वरनाथ नगरपालिका–१० चोरवा गाउँमा महारानी (देवी) आएकोमा स्थानीय महरा समुदायले अपमान गर्दा रिसाएर अहिलेको घटना भएको कतिपय स्थानीयको भ्रम छ ।

होलीअघि क्षीरेश्वरनाथ नगरपालिका–१ को मुसहर बस्तीमा मदिरा सेवनबाटै भुनटुन सदा र विजय सदाको मृत्यु भएको थियो । तर, अधिकांश स्थानीय मुसहर समुदायले घरेलु मदिरा सेवन गर्ने भएकाले घटना बाहिर ल्याउन चाहेनन् । उनीहरूले पनि देवी र डिहबार थान रिसाएर घटना भएको निष्कर्ष निकाले । स्थानीयको अन्धविश्वासलाई महोत्तरी जगरियाका एक धामीले थप मलजल गरेका छन् । आफूलाई ५० हजार दिए मुसहर बस्तीलाई तन्त्रमन्त्रले बाँध्ने र आइन्दा यस्तो मानवीय क्षति नहुने बताइरहेका छन् । एउटा बोका, आठ परेवा, सवा पसेरी लड्डु र फूल–अक्षता पनि माग गरेका छन् ।

अहिले मुसहर समुदाय धामीका लागि पैसा जोडजाममा लागेको छ । प्रत्येक घरबाट चन्दा उठाउन थालिएको छ । स्थानीय चन्देश्वर सदाले भने, ‘यहाँ ८० भन्दा बढी मुसहरका घर छन्, सबैबाट तत्काल पाँच सयका दरले चन्दा संकलन गरिरहेका छौँ, पैसा जम्मा भएपछि एक–दुई दिनमै पूजापाठ गराउँछौँ ।’

स्थानीयमा अन्धविश्वासले वास गर्दा स्थानीय जनप्रतिनिधिलाई कुनै चासो छैन । मृत्यु र भ्रम दुवैमा जनप्रतिनिधिले चासो दिएका छैनन् । अहिलेसम्म आफूहरूको समस्या बुझ्न मेयर र वडाध्यक्ष नआएको स्थानीयले बताए ।

धनुषामा दैनिक १० हजार अवैध घरेलु मदिरा उत्पादन

धनुषा प्रहरी स्रोतका अनुसार जिल्लामा दैनिक १० हजार लिटर अवैध घरेलु मदिरा उत्पादन हुन्छ । दैनिक पाँच हजार लिटर त जनकपुर बजारमै आउँछ । स्थानीय व्यापारी पनि यही तथ्यांक बताउँछन् ।

तर, अवैध घरेलु मदिराले पटक–पटक ठूलो संख्यामा मानवीय क्षति हुँदा पनि उत्पादन र बिक्री–वितरणमा कडाइ भएको छैन । चालू आर्थिक वर्षमा जिल्ला प्रहरी कार्यालयले जम्मा ११ हजार ६० लिटर अवैध घरेलु मदिरा बरामद गरेर नष्ट गरेको छ । त्यस्तै, १० वटा उत्पादन भट्टी भत्काएको छ ।

धनुषाका धनुषाधाम नगरपालिकाको धारापानी, मालटोल, राई होटेल, मगरटोल, गणेशमान–चारनाथ नगरपालिकाको वीरेन्द्र बजार क्षेत्रमा घरेलु मदिरा बढी उत्पादन हुने गरेको छ । क्षीरेश्वरनाथ नगरपालिकाको सखुवा बजार, मिथिला–बिहारी नगरपालिकाको तारपट्टी, जनकनन्दनी गाउँपालिकाको बल्हा गोठ, जनकपुर उपमहनगरपालिकाको लादोवेलालगायत क्षेत्रमा पनि घरेलु मदिरा उत्पादन गर्ने भट्टी छन् ।

घर–घरमा उत्पादन हुने मदिरा बजार पुर्याउने व्यापारी पनि स्थानीय नै हुन्छन् । उनीहरूले स्थानीय बासिन्दासँग प्रतिलिटर सयदेखि डेढसय रुपैयाँसम्ममा खरिद गर्छन् । मोटरसाइकल, बस, भ्यानजस्ता सवारीसाधनमा गाउँबाट जनकपुरसम्म ल्याउँछन् । जनकपुरमा प्रतिलिटर दुई–तीन सयमा बिक्री गर्छन् । सस्तो हुने भएकाले निम्न आय भएका व्यक्तिहरू घरेलु उत्पादन नै खान्छन् ।

जनकपुर हुँदै घरेलु मदिरा नेपाल–भारत सीमावर्ती क्षेत्रमा पुनि पुर्याउँछन् । केही महिनाअघि घरेलु मदिरा भारत पठाउने क्रममा धनुषाको फुलगमामा एक व्यापारीले प्रहरीको राइफल नै खोसेर भारततर्फ भागेका थिए ।

घरेलु मदिरा सेवनले ७० वर्षीया सिलोचनादेवीका दुई छोराको ज्यान गयो, एक छोरा जीवनमरणको दोसाँधमा छन्, भन्छिन्–यो उमेरमा दुई छोराले ज्यान गुमाएको देख्नुपर्यो, मजस्ती अभागी आमा सायदै कोही होला

उमेर ७० कटेकी धनुषा क्षीरेश्वरनाथ–२ रमदैयाकी सिलोचनादेवी मण्डल अहिले विक्षिप्त छिन् । उनका तीन भाइ छोरा रामविलास, शत्रुधन र भरतले बुधबार होलीको दिन सँगै बसेर घरेलु मदिरा सेवन गरेका थिए । छिमेकी शम्भु चौधरीको पसलबाट उनीहरूले मदिरा ल्याएका थिए । तर, मदिरा उनीहरूका लागि अभिशाप बन्यो । विषाक्त मदिराले तीनैजना गम्भीर बिरामी भए । भोलिपल्टै रामविलासको ज्यान गयो, शत्रुधन र भरतको जनकपुरस्थित जानकी मेडिकल कलेजको सिटी अस्पतालमा उपचार हुँदै थियो । तर, आइसियूमा उपचार हुँदै गरेका शत्रुधनको पनि शुक्रबार निधन भएको छ । भरत जीवनमरणको दोसाँधमा छन् । ‘यो उमेरमा दुई छोराले ज्यान गुमाएको देख्नुपर्यो,’ आमा सिलोचनादेवीले भनिन्, ‘मजस्ती अभागी आमा सायदै कोही होला ।’

वैदेशिक रोजगारीमा रहेका रामविलास १० दिनअघि मात्रै मलेसियाबाट फर्केका थिए । तीन छोरी र एउटा मात्रै छोराका पिता उनको आर्थिक अवस्था दयनीय छ । २० लाखभन्दा बढी ऋण वैदेशिक रोजगारीबाटै तिर्ने उनको सपना थियो । ‘घर धान्ने उहाँ नै हुनुहुन्थ्यो,’ मृतक रामविलासकी श्रीमती फुलोदेवीले भनिन्, ‘मेरो दुनियाँ नै अन्धकार भयो, २० लाखभन्दा बढी कर्जा छ, अब कसरी छोरीहरूको बिहे गर्ने ? कसरी कर्जा तिरु ?’ गाउँमै मदिराको पसल चलाएका शम्भु घटनालगत्तै फरार छन् ।

गत शुक्रबार दिल्लीबाट फर्किएका ब्रह्मदेव यादवको घरेलु मदिरा पिएपछि बिहीबार मृत्यु, श्रीमती धनलुटन भन्छिन्–भएको एक कट्ठा खेत पनि साहुको नाममा छ, लालाबाला कसरी हुर्काऊँ ?

घरेलु मदिराले ज्यान जाने ४५ वर्षीय ब्रह्मदेव यादव गत शुक्रबार मात्रै दिल्लीबाट फर्किएका थिए । दिल्लीमा उनी एक चिनियाँ कम्पनीमा काम गर्थे । कोरोना त्रासका कारण कम्पनी तत्कालका लागि बन्द भएपछि उनी घर फर्केका थिए । भाइसँग बसेर बुधबार मदिरा पिएका उनको बिहीबार दिउँसो मृत्यु भएको हो । ‘सुरुमा टाउको र पेट दुख्यो भन्नुभयो, गाउँकै पसलबाट पेनकिलर ट्याब्लेट ल्याएर दिएँ, त्यो खाएपछि केही आराम भयो भन्नुभयो,’ श्रीमती धनलुटनले भनिन्, ‘केही समयपछि त आँखा देख्नै छाडेको, पेट डम्म फुलेको भन्नुभयो । अस्पताल जाँदै गर्दा बाटैमै ज्यान गयो ।’

मृतकका एक छोरा र चार छोरी छन् । ६ वर्षीय छोरा अमृत अहिले बाबुको किरिया गरिरहेका छन् । आँसु झार्दै धनलुटनले भनिन्, ‘एउटी छोरीको त विवाह भइसकेको छ, अरू सबै सानै छन्, बस्ने घर र एक कट्ठा खेत पनि महाजनको नाउँमा छ । लालाबाला कसरी हुर्काऊँ ।’, समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।