२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

बस र अटोरिक्सा ठोक्किँदा एकको मृत्यु, चार घाइते



अ+ अ-

कैलाली । कैलालीको अत्तरियामा बस र अटोरिक्सा एकापसमा ठोक्किँदा गोदावरी नगरपालिका–६ कोलीकटानका ५३ वर्षीय तुले कोलीको मृत्यु भएको छ । गोदावरी नगरपालिका–३ चौकीडाँडास्थित मालिकाटोल जाने बाटो नजिकै महेन्द्रनगरबाट अत्तरियातर्फ आउँदै गरेको ना४ख ४५२८ नंको बस र विपरीत दिशाबाट गइरहेको से१ह २११४ नंको अटो एकापसमा आज ठोक्किँदा गम्भीर घाइते भएका कोलीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मुख र छातीमा चोट लगेर गम्भीर घाइते भएका कोलीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । दुर्घटनामा अटोचालक मानबहादुर विक, अटोमा सवार सोही ठाउँकी ५० वर्षीया नखरी कोली, २५ वर्षीय अर्जुन कोली र २५ वर्षकै दुर्गा कोली घाइते भएका छन् । चालक डडेल्धुरा परशुराम नगरपालिका–६ का २४ वर्षीय दीपक भट्टराईलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।