२० मंसिर २०८२, शनिबार
,
Latest
इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिसमक्ष चार राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस



अ+ अ-

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष चार देशका नवनियुक्त राजदूतले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित छुट्टाछुट्टै विशेष समारोहबीच चार देशका राजदूतले आफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

नेपालका लागि इजिप्टका राजदूत शरिफ मुस्तफा अलसैयद, नर्वेकी राजदूत डाग्नी म्योस, श्रीलङ्काकी राजदूत रुवान्थी डेलपिटिया र म्यानमारका राजदूत थान्त सिनले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको हो।

उक्त समारोहमा सरकारका उच्च पदस्थ अधिकारहरूसमेत सहभागी हुनुहुन्थ्यो ।