१२ असार २०८३, शुक्रबार
,
Latest
कार्तिक १४ गते काठमाडौंमा ‘जापान–नेपाल फुड एण्ड म्युजिक फेस्टिबल’ आयोजना हुने प्रतिनिधिसभाको आजको बैठकमा पाँच विधेयक प्रस्तुत हुने, आर्थिक विधेयक पारित गर्ने कार्यसूची इजिप्टमा सडक दुर्घटनामा मृत्यु हुनेको संख्या १०.८ प्रतिशतले वृद्धि फ्रान्समा अत्याधिक गर्मीका कारण ७२ विभागमा ‘रेड अलर्ट’ जारी, तापक्रमले कायम गर्‍यो नयाँ कीर्तिमान अफ्रिकामा साइबर चुनौतीको सामना गर्न विज्ञहरूद्वारा सहकार्यको आह्वान भेनेजुएला भूकम्पः मृतकको संख्या २ सय ३५ पुग्यो यी हुन् रास्वपाका नवनिर्वाचित ९९ केन्द्रीय सदस्य (मतसहित) ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व संकलन यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस आज
तपाईं के खोज्दै हुनुहुन्छ ?

वरिष्ठ साहित्यकार भण्डारीको निधन



अ+ अ-

काठमाडौँ । वरिष्ठ साहित्यकार प्राध्यापक डाक्टर डीपी भण्डारीको निधन भएको छ । शनिबार धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचारका क्रममा भण्डारीको निधन भएको हो ।

निमोनिया, श्वास्प्रश्वाससम्बन्धी समस्या र हाइपरटेन्सनबाट ग्रसित भण्डारीलाई फागुन २१ गते अस्पतालमा भर्ना गरिएको थियो। प्राध्यापक भण्डारी ८५ वर्षका थिए ।

भण्डारीले त्रिभुवन विश्वविद्यालयको अंग्रेजी केन्द्रीय विभागमा करिब ३५ वर्ष अध्यापन गरेका थिए। उनले राष्ट्रिय अंग्रेजी तथा नेपाली दैनिक पत्रिकामा थुपै लेखहरु लेखेका छन्। साथै उनका थुप्रै साहित्यिक कृतिहरु पनि प्रकाशित छन्।

भण्डारीको आजै आर्यघाटमा दाहसंस्कार गरिने साहित्यकार हेमन्त विवशले जानकारी दिए।