२१ आश्विन २०८१, सोमबार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज चार करोड ७९ लाख सहयोग प्राप्त सुक्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरूद्ध मेलम्चीको पानी भोलिदेखि नै काठमाडौंमा पथान्तरण गर्ने सहमति विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६
तपाईं के खोज्दै हुनुहुन्छ ?

वरिष्ठ साहित्यकार भण्डारीको निधन



अ+ अ-

काठमाडौँ । वरिष्ठ साहित्यकार प्राध्यापक डाक्टर डीपी भण्डारीको निधन भएको छ । शनिबार धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचारका क्रममा भण्डारीको निधन भएको हो ।

निमोनिया, श्वास्प्रश्वाससम्बन्धी समस्या र हाइपरटेन्सनबाट ग्रसित भण्डारीलाई फागुन २१ गते अस्पतालमा भर्ना गरिएको थियो। प्राध्यापक भण्डारी ८५ वर्षका थिए ।

भण्डारीले त्रिभुवन विश्वविद्यालयको अंग्रेजी केन्द्रीय विभागमा करिब ३५ वर्ष अध्यापन गरेका थिए। उनले राष्ट्रिय अंग्रेजी तथा नेपाली दैनिक पत्रिकामा थुपै लेखहरु लेखेका छन्। साथै उनका थुप्रै साहित्यिक कृतिहरु पनि प्रकाशित छन्।

भण्डारीको आजै आर्यघाटमा दाहसंस्कार गरिने साहित्यकार हेमन्त विवशले जानकारी दिए।