१२ असार २०८३, शुक्रबार
,
Latest
महामन्त्री पदको उम्मेदवारी फिर्ता लिँदै खरेलले भने: लामो बाटो तय गर्नुछ रास्वपा महाधिवेशन लम्बिँदा प्रतिनिधि सभा बैठक फेरि स्थगित रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध कार्तिक १४ गते काठमाडौंमा ‘जापान–नेपाल फुड एण्ड म्युजिक फेस्टिबल’ आयोजना हुने प्रतिनिधिसभाको आजको बैठकमा पाँच विधेयक प्रस्तुत हुने, आर्थिक विधेयक पारित गर्ने कार्यसूची इजिप्टमा सडक दुर्घटनामा मृत्यु हुनेको संख्या १०.८ प्रतिशतले वृद्धि फ्रान्समा अत्याधिक गर्मीका कारण ७२ विभागमा ‘रेड अलर्ट’ जारी, तापक्रमले कायम गर्‍यो नयाँ कीर्तिमान अफ्रिकामा साइबर चुनौतीको सामना गर्न विज्ञहरूद्वारा सहकार्यको आह्वान भेनेजुएला भूकम्पः मृतकको संख्या २ सय ३५ पुग्यो यी हुन् रास्वपाका नवनिर्वाचित ९९ केन्द्रीय सदस्य (मतसहित)
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेसले प्रतिपक्षको भूमिका खेल्न सकेन : कोइराला



अ+ अ-

गोरखा । नेपाली काँग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले नेपाली काँग्रेसले प्रतिपक्षको भूमिका खेल्न नसकेको बताउनुभएको छ । नेपाल प्रेस युनियनले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले पार्टीले संसद् र सडकमा प्रतिपक्षले खेल्नुपर्नेमा भूमिका निर्वाह गर्न सकेको छैन भन्नुभयो ।

केन्द्रीय सदस्य कोइरालाले भन्नुभयो, “संसद्मा प्रतिपक्षको आवाज नै सुनिएको छैन । सेक्युरिटी प्रिन्टिङ प्रेसका कुरा आएका छन्, अन्य धेरै कुरा आएको छ । सरकार त मौन हुनु स्वाभाविक नै हो । संसद्मा प्रतिपक्षको आवाज सुनिनुपर्ने हो तर त्यो पनि सुनिएन । लोकतन्त्रमा प्रतिपक्षको आवाज नसुनिनु डरलाग्दो विषय हो । ”

केन्द्रीय समितिको बैठक नबस्दा आफूहरुले पार्टीका समस्या समाधान लागि विचार राख्ने ठाउँ नै नपाएको र काँग्रेस अहिले भागबण्डामा अल्झिएर बसेको नेता कोइरालाले बताउनुभयो । “पार्टीभित्र कुरा गर्ने भनेको केन्द्रीय समितिभित्र कुरा गर्ने हो, केन्द्रीय समितिको बैठक नै बसेको छैन त कहाँ गएर बोल्ने ।” उहाँले भन्नुभयो ।

तपाईँ अब पार्टी सभापतिको उम्मेदवार हो कि होइन भन्ने सञ्चारकर्मीको जिज्ञासामा नेता कोइरालाले भन्नुभयो, “मेरो खुट्टा परालको होइन् भन्ने बुझ्नुपर्छ, अहिले स्पष्ट कसरी भनुँ, कार्यकर्ता के चाहन्छन् भनेर अहिले म त्यो बुझ्दैछु ।”