३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक

दिल्ली विस्फोटको असरः राम चरणको फिल्मको छायांकन रद्ध

दिल्ली विस्फोटको असरः राम चरणको फिल्मको छायांकन रद्ध
अ+ अ-

एजेन्सी । नोभेम्बर १० मा दिल्लीको लालकिल्ला मेट्रो स्टेशन नजिक भएको विस्फोटमा १३ जनाको मृत्यु भएको थियो भने धेरै जना घाइते भएका छन्।

जुन स्थानमा ब्लास्ट भएको थियो, त्यहाँबाट केही दूरीमा अभिनेता राम चरणको आगामी फिल्म पेड्डी को सुटिङ हुने तयारी थियो। उनले पहिल्यै लालकिल्लाभित्र सुटिङ गर्ने अनुमति लिएका थिए, तर अब विस्फोटपछि सबै बुकिङ रद्द गरिएको छ।

टाइम्स अफ इन्डियाका अनुसार, राम चरणको आगामी फिल्म पेड्डीको केही प्याचवर्क बाँकी थियो, जसका लागि टिमलाई लालकिल्ला र त्यस वरिपरिको क्षेत्रमा सुटिङ गर्ने अनुमति दिइएको थियो। तर अब उक्त तालिका परिवर्तन गरिएको छ।

राम चरणको टिमले नोभेम्बर १५ र १६ का लागि लालकिल्ला र आसपासका स्थानमा सुटिङ गर्ने योजना बनाएको थियो, तर बुकिङ रद्द भएपछि अब सुटिङ सम्भव हुने छैन। अभिनेत्री रश्मिका मन्दनाले पनि आफ्नो आगामी फिल्मको सुटिङ लालकिल्ला नजिक गर्ने तयारी गरेकी थिइन्, तर हालसम्म उनको सुटिङ रद्द भएको कुनै खबर आएको छैन।

राम चरणको फिल्म पेड्डी २०२६ मार्च २७ मा रिलिज हुने तालिका छ। यसको सुटिङ लगभग पूरा भइसकेको छ। फिल्मका केही दृश्यहरू लालकिल्ला नजिक सुट गरिएका हुन्, तर केही प्याचवर्क अझै बाँकी छन्। यस फिल्ममा राम चरणसँग जान्हवी कपुर मुख्य भूमिकामा देखिनेछिन्। त्यस्तै, अभिनेता शिवा राजकुमार, जगपति बाबु र दिव्येन्दु पनि महत्वपूर्ण भूमिकामा छन्। दिल्लीका साथै यो फिल्म हैदराबाद, श्रीलंका र पुणेमा पनि सुट गरिएको हो।

फिल्मलाई ए.आर. रहमानले संगीत दिएका छन् र यसको डिजिटल अधिकार नेटफ्लिक्सले खरिद गरेको छ।

नोभेम्बर १० को साँझ करिब ६ः५१ बजे लालकिल्ला मेट्रो स्टेशन नजिक सिग्नल हरियो भएपछि गाडीहरू अघि बढ्दै गर्दा चलिरहेको आई२० कारमा विस्फोट भयो।

शक्तिशाली धमाकासँगै आगोको लप्का उठे र वरिपरिका धेरै गाडीहरू क्षतिग्रस्त भए। यस विस्फोटमा १३ जनाको मृत्यु भयो र धेरै जना घाइते भए। विस्फोट भएको दुई दिनपछि त्यस स्थानबाट करिब ३०० मिटर टाढा एउटा काटिएको हात फेला परेको प्रहरीले जनाएको छ।