१२ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोसी बाढी प्रभावित क्षेत्रमा व्यक्तिगत रूपमा राहत लिएर नजान प्रधानमन्त्री सचिवालयको अपिल भोटेकोशी बाढीका घाइते ५९ जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भोटेकोशी बाढीः खोज तथा उद्धारमा १३ हजार सुरक्षाकर्मी परिचालन, एक हजार ९७६ जनाको उद्धार मधेसमा आज ‘राखी’ पर्व, बाढीको पीडाबीच मनाइँदै दाजुभाइ–दिदीबहिनीको प्रेमको पर्व यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य भोटेकोसी बाढी अपडेट: ४६९ जनाको शव फेला, ९७७ जना अझै बेपत्ता मन्त्रिपरिषद् बैठक बस्दै रवीन्द्रको अग्निपरीक्षा आज, युएफसी फाइनलका लागि मर्डोकसँग भिडन्त मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्यको मृत्यु भोटेकोशी बाढीमा मधेस प्रदेशका ५८ जना सम्पर्कविहीन, विवरण सङ्कलन गर्दै प्रहरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

यातायातमा एकाधिकार गरे पाँच वर्ष कैद



अ+ अ-

काठमाडौं । सार्वजनिक यातायात सञ्चालनमा कुनै प्रकारको एकाधिकार गर्ने कम्पनी (प्रतिष्ठान) का सञ्चालक या व्यवसायीलाई ५ वर्षसम्म कैद हुने भएको छ । सरकारले एकाधिकार गर्ने त्यस्ता सञ्चालक वा व्यवसायीलाई कैद वा पाँच लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने गरी संघीय संसद् सचिवालयमा विधेयक दर्ता गराएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्रतिनिधिसभामा दर्ता गरेको ‘प्रतिस्पर्धा प्रर्वधन तथा बजार संरक्षण ऐन–२०६३ लाई संशोधन गर्न बनेको विधेयक’ मा उक्त प्रावधान राखिएको छ ।

यातायातका साधन वा ढुवानी सेवा सञ्चालन गर्ने प्रतिष्ठानले एकाधिकार गर्न नपाइने व्यवस्था विधेयकमा छ । कुनै खास सडक वा दूरीमा एकलौटी सेवा सञ्चालन गर्ने उद्देश्यले अन्य यातायातलाई रोक लगाउने कार्यलाई रोक्न विधेयकमा प्रस्ताव गरिएको हो । त्यस्तै, सार्वजनिक यातायात वा ढुवानी साधनको प्रतिस्पर्धा नियन्त्रण गर्न मिलेमतो गरी आलोपालो वा चक्रीय प्रणाली लागू गर्ने, कुनै निश्चित संस्थाको सदस्यता लिन लगाउने वा रकम तिर्न लगाउनु यातायातमाथिको एकाधिकार हो ।

विधेयकले कुनै पनि व्यक्ति वा प्रतिष्ठानको सवारीसाधन सञ्चालनमा रोक लगाउन नपाइने व्यवस्था गरेको छ । विधेयकअनुसार प्रदेश सरकारले प्रदेशभित्र प्रतिस्पर्धा प्रर्वधन तथा बजार संरक्षणसम्बन्धी कार्यको अनुगमन गर्न वा गराउन सक्नेछन् । ‘नियम विपरीतका कुनै कामकारबाही गरेको देखिएमा त्यस्तो व्यक्ति वा प्रतिष्ठानउपर आवश्यक कारबाहीका लागि बजार संरक्षण अधिकृतसमक्ष लेखिपठाउन सक्नेछ,’ विधेयकमा उल्लेख छ ।

सवारी तथा यातायात व्यवस्था ऐनको दफा १६८ मा स्वच्छ प्रतिस्पर्धात्मक ढंगबाट यातायात व्यवस्थाको विकास गर्न सार्वजनिक सवारीलाई चक्र प्रणालीअन्तर्गत सेवा सञ्चालन गर्न इजाजत नदिने भनेको छ । तर, केही व्यवसायीले सार्वजनिक यातायातलाई चक्रीय प्रणालीमार्फत चलाए पनि कारबाही हुन सकेको छैन । सौर्य दैनिक