२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनपिएलः नेपाली टेलिभिजन प्रशारणको टुंगो कात्तिक २९ मा मात्र



अ+ अ-

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करण मंसिर १ गतेदेखि सुरु हुँदैछ। आठ फ्रेन्चाइज टोली सहभागी रहने यस प्रतियोगिताको प्रत्यक्ष प्रशारण अधिकार भने प्रतियोगिता प्रारम्भ हुन दुई दिनअघि अर्थात् कात्तिक २९ गते मात्र टुंगो लाग्ने भएको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले यसअघि एनपिएलको प्रत्यक्ष प्रशारणका लागि एक्लुसिभ अधिकार दिने गरी टेन्डर आह्वान गरेको थियो। तर, पछिल्लो समय सो प्रावधान परिवर्तन गरी नन–एक्लुसिभ अधिकार मात्र दिने व्यवस्था गरेपछि केही नेपाली टेलिभिजन च्यानलहरूले आपत्ति जनाएका थिए।

क्यानले १५ दिनको समयसहित आह्वान गरिएको प्रारम्भिक टेन्डर कात्तिक २६ गते टुंग्याउने जनाएको थियो। तर, प्रशारण अधिकार सम्बन्धी विवाद उत्पन्न भएपछि संघले बिहीबार (कात्तिक २७) अर्को टेन्डर आह्वान गरेको छ। कानुनी प्रक्रियाका दृष्टिले दुवै टेन्डर छोटो अवधिमा जारी गरिएको देखिन्छ।

संशोधित टेन्डरमा ‘पछिल्ला पाँच वर्षमा कम्तीमा एक अन्तर्राष्ट्रिय खेल प्रशारण गरेको हुनुपर्ने’ सर्त हटाई ‘अन्तर्राष्ट्रिय वा घरेलु प्रतियोगिता प्रशारण गरेको हुनुपर्ने’ प्रावधान राखिएको छ। साथै, नेपालभर एक्लुसिभ अधिकारको व्यवस्था हटाई नन–एक्लुसिभ अधिकार मात्र हुने उल्लेख गरिएको छ। नयाँ टेन्डर एक करोड रुपैयाँभन्दा माथिको रकमबाट सुरु हुने क्यानले जनाएको छ।

यद्यपि, नेपालबाहेकका दर्शकका लागि यस संस्करणमा पनि भारतीय च्यानल स्टार स्पोर्ट्सले खेलहरू प्रशारण गर्ने भएको छ। उक्त व्यवस्था टेन्डरमार्फत नभई, अघिल्लो संस्करणझैं, क्यानले निश्चित शुल्क तिरेर गरेको हो।

क्यानका एक पदाधिकारीका अनुसार अन्तर्राष्ट्रिय खेलाडीहरूसँगको प्रतिबद्धता र फ्रेन्चाइज टोलीहरूले अपेक्षा गरेको ब्रान्ड मूल्य कायम राख्न स्टार स्पोर्ट्समार्फत प्रशारण आवश्यक भएको हो।

यसपटक युट्युबमार्फत एनपिएल प्रत्यक्ष प्रशारण नहुने क्यानले जनाएको छ। त्यसका सट्टा, दर्शकहरूले खेल मोबाइल एपमार्फत हेर्न सक्ने व्यवस्था गरिँदै छ।