२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले देशलाई चुनावतर्फ होइन संकटतर्फ लगिरहेको छ: महासचिव शंकर पोखरेल



अ+ अ-

काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकारले देशलाई चुनावतर्फ होइन संकटतर्फ लैजाने बताउनुभएको छ। लोकप्रिय पार्टीको नेतालाई स्थान हद गरेर चुनाव हुने नभइ मुलुकमा संकट निम्तिने पोखरेलले बताउनुभयो।

नेपाल खेलकुद महासंघको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले देशको संकट टार्न प्रतिनिधि सभाको पुनस्र्थापना गरेर त्यसका माध्यमबाट युवाहरुका मागलाई सम्बोधन गर्न सकिने बताउनुभएको छ । ‘संविधानलाई सही बाटोमा ल्याएपछि चुनाव ०८४ मा नै पुर्याउनु पर्छ भन्ने छैन। अर्ली इलेक्सनमा जान सकिन्छ’ महासचिव पोखरेलले भन्नुभयो ‘यी सबै काम गर्नका लागि पहिलो शर्त प्रतिनिधि सभाको पुनस्र्थापना हो ।’

महासचिव पोखरेलले केही मानिसहरुले दलहरु सिद्धिए । खासगरी एमाले सकियो भनेर बनाइएको भाष्य एमालेका वडा भेला र पालिकामा आयोजना गरिएका प्रदर्शनले खण्डित गरेको बताउनुभयो । ‘दलहरु सकिए भन्ने भाष्य अब खण्डित भइसक्यो । एमालेले २२ गते गरेको वडा भेला र २५ गते गरेको पालिका स्तरीय जनप्रदर्शनमा लाखौं मानिसहरु सडकमा आए’ पोखरेलले भन्नुभयो ‘जनताहरु एमालेको साथमा छन् भन्ने यो भन्दा ठुलो प्रमाण के हुन्छ ?’

महासचिव पोखरेलले केही मान्छे सडकमा आँउदैमा सरकार ढल्ने,संविधानमा तलमाथी हुने हो भने एमालेले त दिनहुँ मान्छे सडकमा उतार्ने हैसियत राख्ने बताउनुभयो । नवयुवाका नाममा भएको आन्दोलनमा ब्यापक घुसपैठ गराएर नेपाललाई राज्यविहिनताको अवस्थामा पुर्याउन खोजिएको पोखरेलले बताउनुभयो । ‘यो प्रहार केपी ओलीलाई मात्र हो भनेर कोही पनि खुशी नहोउँ’ महासचिव पोखरेलले भन्नुभयो ‘यो त नेपाललाई राज्यविहिन बनाउने,नेपाल र सारा नेपाली जनता माथी भएको प्रहारको रुपमा बुझ्नु पर्दछ । ’




भर्खरै