५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोजपुरका किसानलाई धान थन्क्याउन चटारो



अ+ अ-

भोजपुर । यहाँका किसान यतिबेला धान थन्क्याउनमा व्यस्त छन् । दशैं–तिहार सकिएसँगै खेतमा पाकेका धान भित्र्याउने कामले गाउँ–गाउँमा चहलपहल बढाएको छ । बिहानैदेखि किसान खेतबारीतिर धान थन्काउने, मुठा बाँध्ने र सुकाउने काममा जुटेका छन् ।

केही समयमा अघिको लगातार वर्षातका कारण समयमा धान थन्काउन नपाएका किसान अहिले मौसममा सुधार आएपछि धान बाली भण्डारणमा लागेका छन् । भोजपुर नगरपालिका–५ का किसान भिमसेन फुयालले भन्नुभयो, “हामी किसान अहिले धान धन्काउने काममा व्यस्त छौँ । केहि समयमा अघिको वर्षाले ढिला भयो तर अहिले मौसम खुल्दा राहत महसुस गरेका छौँ । अर्मपर्म गरेर आ–आफ्नो खेतको धान थन्काउने काम जुेटका छौँ।”

वर्षातका कारण धानबालीमा केही क्षति पुगेको भए पनि बाँकी बाली भण्डारण गर्ने काम भईरहेको स्थानीय कृषक कमला थापाले बताउनुभयो । “बर्षातले धानबाली केहि क्षति पुग्यो”उहाँले भन्नुभयो,“तर जे बाँकी छ, त्यसलाई थन्काउजे काममा गरिरहेका छौँ ।अहिले धान थन्काउने हाम्रो मुख्य काम बनेको छ ।”

बेमैसमी वर्षा, रोग कीराको समस्याका कारण अघिल्लो वर्षको तुलनामा उत्पादन केही घट्ने किसानको अनुमान छ । धान यहाँका किसानको प्रमुख अन्नबाली हो । जिल्लाका नौ वटै स्थानीय तहमा धानको खेती हुने गरेको छ ।रासस