१२ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोसी बाढी प्रभावित क्षेत्रमा व्यक्तिगत रूपमा राहत लिएर नजान प्रधानमन्त्री सचिवालयको अपिल भोटेकोशी बाढीका घाइते ५९ जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भोटेकोशी बाढीः खोज तथा उद्धारमा १३ हजार सुरक्षाकर्मी परिचालन, एक हजार ९७६ जनाको उद्धार मधेसमा आज ‘राखी’ पर्व, बाढीको पीडाबीच मनाइँदै दाजुभाइ–दिदीबहिनीको प्रेमको पर्व यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य भोटेकोसी बाढी अपडेट: ४६९ जनाको शव फेला, ९७७ जना अझै बेपत्ता मन्त्रिपरिषद् बैठक बस्दै रवीन्द्रको अग्निपरीक्षा आज, युएफसी फाइनलका लागि मर्डोकसँग भिडन्त मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्यको मृत्यु भोटेकोशी बाढीमा मधेस प्रदेशका ५८ जना सम्पर्कविहीन, विवरण सङ्कलन गर्दै प्रहरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस्तो आयो ट्रम्पको कोरोना भाइरस परीक्षण रिपोर्ट…



अ+ अ-

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कोभिड–१९ कोरोना भाइरस परीक्षणमा नेगेटिभ रिपोर्ट आएको छ । ह्वाइट हाउसका चिकित्सकले शनिबार ट्रम्पको रिपोर्ट नेगेभिट आएको जानकारी दिएको समाचार एजेन्सी एएफपीले जनाएको छ । ‘आज साँझ प्राप्त रिपोर्ट नेगेटिभ देखिएको पुष्टि भएको छ’ ट्रम्पका चिकित्सक सेन कोन्लीले भनेका छन्।

एकसाताअघि ट्रम्पले फ्लोरिडा रिसोर्टमा ब्राजिलियन राष्ट्रपतिका प्रतिनिधि मण्डलसँग भेट गरेका थिए । त्यहाँ उपस्थित केहीमा कोभिड–१९ भाइसर संक्रमण देखिएको थियो । उनी ती प्रतिनिधि मण्डलसँगै रात्री भोजमा समेत सहभागी भएका थिए ।

७३ वर्षीय ट्रम्पलाई पनि भाइरस संक्रमणको आशंकामा परीक्षण गरिएको हो । एएफपीका अनुसार कोभिड–१९ भाइसरका कारण हालसम्म अमेरिकामा ५१ जनाको ज्यान गइसकेको छ ।
शुक्रबार देखि अमेरिकामा संकटकालको घोषणा गरिएको छ । युरोपियन राष्ट्रबाट अमेरिका प्रवेश गर्न एक महिनामा लागि रोक लगाइएको छ। अन्नपुर्णपोष्ट दैनिक