२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चन्द्रकुबेर खापुङलाई विदेश भ्रमणमा रोक, उपत्यका छाड्न पनि अनुमति लिनुपर्ने



अ+ अ-

काठमाडौँ । आजदेखि सेवाबाट निवृत्त भएका नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) चन्द्रकुबेर खापुङलाई विदेश भ्रमणमा रोक लगाइएको छ ।

भदौ २२ र २४ का घटनासम्बन्धी छानबिन गर्न बनेको जाँचबुझ आयोगको आज बसेको बैठकले खापुङलाई कुनै पनि समय बयानका लागि बोलाउन सकिने भन्दै यस्तो निर्णय गरेको हो ।

साथै, उनलाई उपत्यका छाड्नुपरेमा पनि अनुमति लिनुपर्नेछ । उनले आयोगको स्वीकृति नलिई उपत्यका छाड्न पाउने छैनन् ।

यस्तै, आयोगले कसैको क्षतिको विवरण पठाउन बाँकी भए आयोगको मेलमा र सिंहदरबारस्थित कार्यालयमा पठाउन पनि अनुरोध गरेको छ ।