१४ असार २०८३, आईतवार
,
Latest
सहकारी (पहिलो संशोधन) विधेयक स्वीकृत कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा नक्कली ‘सेरोफ्लो रोटाक्याप्स २५०’ फेला परेपछि बजार अनुगमन तीव्र कम्युनिष्ट आन्दोलनलाई समयसापेक्ष र जनमुखी बनाउन पूर्वराष्ट्रपति भण्डारीको जोड जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै विविधतायुक्त नेपालका लागि प्रत्यक्ष कार्यकारी प्रणाली उपयुक्त छैनः पूर्वराष्ट्रपति भण्डारी वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग एमाले लडेको हो, मरेको होइन, फेरि धुलो टकटक्याएर उठ्छौँः अध्यक्ष ओली संसदलाई समस्या समाधानको थलो बनाउन र परिणाममुखी बहस गर्न सांसद रेग्मीको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

चन्द्रकुबेर खापुङलाई विदेश भ्रमणमा रोक, उपत्यका छाड्न पनि अनुमति लिनुपर्ने



अ+ अ-

काठमाडौँ । आजदेखि सेवाबाट निवृत्त भएका नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) चन्द्रकुबेर खापुङलाई विदेश भ्रमणमा रोक लगाइएको छ ।

भदौ २२ र २४ का घटनासम्बन्धी छानबिन गर्न बनेको जाँचबुझ आयोगको आज बसेको बैठकले खापुङलाई कुनै पनि समय बयानका लागि बोलाउन सकिने भन्दै यस्तो निर्णय गरेको हो ।

साथै, उनलाई उपत्यका छाड्नुपरेमा पनि अनुमति लिनुपर्नेछ । उनले आयोगको स्वीकृति नलिई उपत्यका छाड्न पाउने छैनन् ।

यस्तै, आयोगले कसैको क्षतिको विवरण पठाउन बाँकी भए आयोगको मेलमा र सिंहदरबारस्थित कार्यालयमा पठाउन पनि अनुरोध गरेको छ ।