२१ मंसिर २०८२, आईतवार
,
Latest
राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस मुख्यमन्त्री यादवले मङ्सिर २४ गते विश्वासको मत लिने अलास्का–युकोन सिमानामा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प जनार्दनलाई गृह जिल्लामै कालोझन्डा अध्यक्ष अग्रवालको प्रश्नः सरकार निजी क्षेत्रको साथमा छ भन्नुहुन्छ, यो सरकारको आयु कति हो ? पश्चिमी मङ्गोलियामा अत्याधिक चिसो निजी क्षेत्रलाई टाढा राखेर अर्थतन्त्र सबल बन्न सक्दैनः अध्यक्ष ढकाल एआईले गर्दा समाचारको मूल्य र मान्यता मरेको छः सचिव अर्याल आर्थिक मुद्दालाई राजनीति भन्दा माथि राखौँः अध्यक्ष पाण्डे सुनचाँदीको मूल्यमा सामान्य गिरावट
तपाईं के खोज्दै हुनुहुन्छ ?

उत्तरी गोरखाबाट सुत्केरी र शिशुको उद्धार



अ+ अ-

गोरखा। उत्तरी गोरखाबाट एक सुत्केरी र शिशुको उद्धार गरिएको छ ।

सडक सञ्जालले नजोडेको चुमनुब्री गाउँपालिका–६ ताजुबाट सुत्केरी रिञ्जिन पाल्मो लामालाई शिशुसहित आज सिम्रिक एयरको हेलिकप्टरबाट उद्धार गरी गण्डकी अस्पताल पोखरा लगिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रेम गुरुङले जानकारी दिनुभयो ।

गण्डकी प्रदेशको जोखिममा परेका सुत्केरी तथा गर्भवती महिलाको हवाई उद्धार कार्यक्रमअन्तर्गत उद्धार गरिएको स्वास्थ्य शाखा प्रमुख गुरुङको भनाइ छ ।

लामाको यो पहिलो सुत्केरी हो । उहाँले चुम्चेत स्वास्थ्य चौकीमा बच्चा जन्माएकी अनमी कल्पना सिंहले जानकारी दिनुभयो । अवधि पूरा नभई सुत्केरी भएको र शिशुको तौल कम भएकोसँगै दूध चुस्नै नसकेकाले तत्काल उद्धार गर्नुपरेको अनमी सिंहले बताउनुभयो । रासस