२४ मंसिर २०८२, बुधबार
,
Latest
राष्ट्रिय मानव अधिकार आयोगको सिफारिस कार्यान्वयनमा सरकार प्रतिवद्ध छः कानूनमन्त्री सिन्हा आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द टियागो इभिमा मेडिकल प्रोफेशनलहरूका लागि विशेष अफर, हरेक बुकिङमा लिटम्यान स्टेथोस्कोप नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट महाधिवेशनमा हारे पनि माधव नेपाल, भीम रावलहरुको दृष्टान्त लागू हुँदैन, एमालेमै रहन्छौँ: ईश्वर पोखरेल ईश्वर पोखरेलको प्रश्नः पूर्वराष्ट्रपति भण्डारीलाई पार्टी सदस्यता किन नदिने ? म्यानमारका स्क्यामिङ केन्द्रमा फसेका ४७ नेपाली आज नेपाल फर्काइए ‘पेन डाउन’ गरेका भन्सार एजेन्ट काममा फर्किन तयार बङ्गलादेशमा सन् २०२५ मा डेङ्गुका कारण चार सय भन्दा बढीको मृत्यु रामेछापका जुनार किसानको सक्रियता बढ्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसको अनिर्णयका बीच खड्कियो देउवाको अभाव



फाईल फोटो
अ+ अ-

काठमाडौँ: गएको महिना दिन भन्दा लामो समयदेखि नेपाली कांग्रेसका तमासा चलिरहेको छ । केन्द्रीय समितिको बैठक सुरु भएको महिना दिनभन्दा लामो समय भयो, तर बैठक अनिर्णित छ । आफ्नै पार्टीको महाधिवेशन कहिले गर्ने भन्ने विषयले पार्टीमा विवाद बढ्दो छ तर पार्टीको केन्द्रीय समितिले कुनै निकास निकाल्न सकेको छैन ।

देश अहिले इतिहासकै सबैभन्दा असहज मात्र होइन कि संवेदनशील अवस्थामा छ । त्यसैले कांग्रेसजस्तो देशको जेठो प्रजातान्त्रिक पार्टीको यो बैठक पनि सहज अवस्थाको अर्थात् सामान्य परिस्थितिको नभएर अप्ठ्यारै अवस्थाको हो । त्यसकारण यो बैठक अरु बेलाको जस्तो अर्थात् सामान्य समयको जस्तो होइन, त्यो भन्दा बढी जिम्मेवार र महत्वपूर्ण छ ।

तर यतिखेर मुलुक चरम सङ्कटमा छ कांग्रेसको उपस्थिति देखिएन । जेनजी आन्दोलनका कारण कांग्रेस एमालेको सरकार अपदस्थ मात्र भएन, देशभर आगजनी भयो र संविधानभन्दा बाहिरबाट सरकार बनेको छ । संसद विघटन त आन्दोलनकारीहरुको पहिलो शर्त नै भयो ।

गाँठो कांग्रेसको आफ्नै महाधिवेशनको विषयमा गएर परेको छ । दुई जना महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा अन्तरिम नाम दिइएको सरकारले आगामी फागनु २१ गते गर्न लागेको चुनाव अगावै पार्टीको महाधिवेशन गर्नुपर्छ भन्छन् भने अरुले त्यसपछि गर्नुपर्ने तर्क राखेका छन् ।

संस्थापन इतर पक्षको नेतृत्व गरिरहेको भनिएका डा शेखर कोइरालाले भने विशेष महाधिवेशन नगर्ने नियमित गर्ने मात्र भनेका छन् । उनले चुनाव अघि र पछिको कुरा भन्दा पनि नियमित भनेर भन्ने गरेका छन् । तर उनी दुई महामन्त्रीको विशेष महाधिवेशनको पक्षमा भने छैनन् ।

गएको भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि देश ठूलो संकटमा फसेको छ । देश एक किसीमले भन्दा राज्यविहीनताको अवस्था पुगेको छ । किनभने वर्तमान सरकारलाई न संविधानले चिन्छ र नत हिजो विघटन नहुँदैको संसदले चिन्दथ्यो । आवश्यकताको सिद्धान्त अनुसार बनेको सरकारलाई अघिल्लो सरकारका प्रधानमन्त्री केपी ओली र उनको पार्टीले नचिन्ने तर्क गरिरहेको छ । यो सरकारले गरेको निर्वाचनमा पनि सहभागी नहुने एमालेको तर्क छ ।

तर कांग्रेस बीचमा छ । निर्वाचनको वातावरण भयो भने सहभागी हुने जस्तो तर्कमा कांग्रेस रहेको छ । तर यता पार्टीभित्रै यस्तो विवाद छकि चुनाव भन्दा पनि महाधिवेशन कहिले हुने भन्ने चासोमा दुई महामन्त्री देखिएका छन् । जसका कारण कांग्रेस अनिर्णयको बन्दी भएको देखिएको छ ।

बरु चुनाव आउला तर कांग्रेसको निर्णय आसन्न चुनाव भन्दा अघि आउने देखिएको छैन । पार्टी सभापति शेरबहादुर देउवालाई तत्कालै नेतृत्व छोड्न भनियो, दबाब पनि दिइयो । उनले पार्टीको विधान र विधि बमोजिम नै उपाध्य पूर्णबहादुर खड्कालाई सहजै कार्यबाहक तोकिदिए र उपचारका लागि सिंगापुर लागे ।

देउवा अघिल्लो सरकारमा थिएनन्, सत्तारुढ दलका नेता मात्र थिए । तर पनि उनीमाथि जेनजीहरुले सांघातिक हमला नै गरेर घाइते बनाएका थिए । त्यसैले उपचारका लागि उनी आफ्नी श्रीमती तथा पूर्व परराष्ट्रमन्त्री डा आरजु राणा देउवा सहित सिंगापुर पुगे ।

उनले आन्दोलन तथा आफ्नै पार्टीका महामन्त्रीद्धयको माग बमोजिम नै नेतृत्व छोडिदिएका थिए र समयानुकुल पार्टीलाई अघि बढाउन र सबैको सहमतिमा पार्टीको १५ औँ महाधिवेशन सम्पन्न गर्न पनि जारी केन्द्रीय समितिको पहिलो दिनमै आग्रह गरेको थिए । त्यसपछि पार्टीको बैठक जारी छ तर पनि नत निर्वाचनका बारेमा कांग्रेसको कुनै औपचारिक निर्णय गरेको छ र नत पार्टीको महाधिवेशनका बारेमा निर्णय गर्न सकेको छ ।

उता अपदस्थ हुन पुगेका प्रधानमन्त्री केपी ओलीको पार्टी एमालेले संसद पुनस्र्थानको माग अघि सारिसकेको छ । यो सरकारले चुनाव गर्न नसक्ने र आफू चुनावमा जाँदा पनि नजाने उसले बताइरहेको छ । यस्तोे अवस्थामा पनि अरु दलहरु भने अनिर्णित छन् । चुनाव हुन्छ कसैले भन्दैनन् र चुनावमा जान सक्दैनौँ भन्न सकेका पनि छैनन् ।

यस्तो राष्ट्रिय सङ्कटका बेलामा नेतृत्व दिनुपर्ने कांग्रेस आफैँ अनिर्णित बन्नु राम्रो होइन । पार्टी सभापति देउवाले कार्यबाहक दिएर उपचारका लागि विदेश गएपछि पनि कांग्रेस आफ्नै पार्टीको महाधिवेशन कहिले भन्ने विवादबाट बाहिर निस्कन सकेको छैन ।

यो राष्ट्रिय एकता, सहमति र सहकार्य चाहिने बेला हो र त्यसको नेतृत्व कांग्रेसले नै गर्नुपर्ने अवस्था पनि हो । तर यस्तो बेलामा कांग्रेस आफ्नै पार्टीभित्रको विवादबाट बाहिर निस्कन नसक्नु दुर्भाग्य हो ।

हिजोका दिनमा कांग्रेसले मुलुकको निकै अप्ठेरो अवस्थामा पनि निकास दिनेगरी देशलाई नेतृत्व प्रदान गरेको छ । यसरी विगतको गर्विलो इतिहासलाई बोध गरेर मुलुकलाई राष्ट्रिय सङ्कट परेका बेलामा निकासका लागि नेतृत्व दिनुपर्ने देशको जेठो प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेस आफ्नै पार्टीभित्रको र त्यो पनि महिना दिन पछि कि अघि महाधिवेशन गर्ने भन्ने जस्तो सामान्य विवादमा अल्झिनुलाई सो पार्टीको असक्षमताका रुपमा व्याख्या गर्न थालिएको छ । मुलुकमा अप्ठेरो परेका बेला कांग्रेस पार्टी भने आफ्नै समस्याभित्र फसेको छ ।

पार्टीमा जहिले पनि सभापति देउवाले आलोचना नै खेप्नुपर्यो । त्यो पनि पार्टीबाहिरबाट भन्दा भित्रैबाट । पार्टीमा सहमति भएन, कुनै विषयमा विवाद भयो भने त्यसको अपजस सबै सभापति देउवामै आउँथ्यो । बैठक सकिनासाथै उनी विरुद्धको समाचार सबै मिडियामा छर्पष्टै आउँथ्यो । तर आज उनी छैनन् । उनले नेतृत्व छोडेर कार्यबाहक दिएका छन् ।

उनले सबैको सहमतिबाट अघि बढ्नु र मुलुकलाई संकट परेका बेला नेतृत्व पनि प्रदान गर्नु भन्ने पार्टी बैठकमा सार्वजनिक सन्देशसहित कार्यबाहक दिएका हुन् । यस्तो बेलामा न पूर्व माओवादी नेता प्रचण्डले नेतृत्व छोडेका छन् र नत केपी ओलीले नै । तर पनि देउवाले कुनै रिस राग या द्वेष विना नै जेनजी आन्दोलन समयको माग हो भनेर सहजै नेतृत्व हस्तान्तरण गरेका थिए ।

तर त्यस अनुरुप कांग्रेस पार्टीले निर्णय गर्न सकेको छैन । पार्टीकै बारेमा पनि कुनै निकास दिन सकेको छैन । चुनाव अघिकी पछि महाधिवेशन भन्ने बहस सुरु भएको महिना दिन भन्दा बढी भैसक्यो । यसो हेर्दा लाग्न बरु चुनाव अघि आउला तर कांग्रेसको निर्णय त्यस अघि आउने जस्तो देखिँदैन । यो अनिर्णयको बन्दी कहिलेसम्म भनेर पार्टीकै जिम्मेवार मानिसहरु पनि प्रश्न गरिरहेका छन् ।

कतिले पार्टीको यो हालत हुँदा सभापति देउवाको अभाव खड्किएको पनि बताइरहेका छन् । पार्टीका कतिपय केन्द्रीय सदस्यहरु नै यस्तो अवस्थामा पार्टीका सभापति देउवा भइदिएको भए यस्तो संकटको बेलामा पार्टी यस प्रकारको अनिर्णयको बन्दी बन्ने अवस्था आउने थिएन भनिरहेका छन् ।

उनीहरुको विचार अनुसार नै पार्टी अहिले अनिर्णयको बन्दी नै बनेको छ र कार्यकाहक सभापतिले कुनै निकास निकाल्न नसकेको अवस्था स्पष्ट देखिन्छ । यस्तो बेलामा पार्टीमा देउवाको अभाव खड्किएको देखिएको स्वयं सो पार्टीका केन्द्रीय नेताहरु नै बताइरहेका छन् ।