१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध कार्तिक १४ गते काठमाडौंमा ‘जापान–नेपाल फुड एण्ड म्युजिक फेस्टिबल’ आयोजना हुने प्रतिनिधिसभाको आजको बैठकमा पाँच विधेयक प्रस्तुत हुने, आर्थिक विधेयक पारित गर्ने कार्यसूची इजिप्टमा सडक दुर्घटनामा मृत्यु हुनेको संख्या १०.८ प्रतिशतले वृद्धि फ्रान्समा अत्याधिक गर्मीका कारण ७२ विभागमा ‘रेड अलर्ट’ जारी, तापक्रमले कायम गर्‍यो नयाँ कीर्तिमान अफ्रिकामा साइबर चुनौतीको सामना गर्न विज्ञहरूद्वारा सहकार्यको आह्वान भेनेजुएला भूकम्पः मृतकको संख्या २ सय ३५ पुग्यो यी हुन् रास्वपाका नवनिर्वाचित ९९ केन्द्रीय सदस्य (मतसहित) ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व संकलन यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपाको जनसम्बन्ध विस्तार अभियान शुरु…



अ+ अ-

स्याङ्जा । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्लाका ११ वटै स्थानीय तहमा तीनमहिने पार्टी एकता सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियान शनिबारबाट शुरु गरेको छ । जिल्ला अध्यक्ष सूर्यप्रसाद गैरेले अभियानका क्रममा पार्टी सदस्यता नवीकरण, एकताका बाँकी कामलाई पूर्णता दिनुका साथै जनवर्गीय सङ्गठनको एकीकरण, जनप्रतिनिधिसँग अन्तक्र्रिया गरिने जानकारी दिए । उनले सरकारले गरेका कामको प्रचारप्रसार , भेला ,कार्यकर्तासँग भेटघाट गरेर पार्टीका धारणा र विचारलाई जनतामाझ लैजाने बताए ।

यसैबीच कालीगण्डकी गाउँपालिका–५ बाँसटारीका आगलागीपीडितलाईराहत वितरण गरिएको छ । कालीगण्डकी गाउँपालिकाले प्रतिघर रु १५ हजार र प्रतिगोठको रु १० हजारका साथै घर निर्माणका लागि आवश्यक जस्तापाता, त्रिपाल र ब्ल्याङ्केट वितरण गरिएको जनाएको छ ।आगलागीबाट घर–गोठ जल्नुका साथै अन्य सामग्रीसमेत क्षति पुगेकाले तत्कालका लागि गाउँपालिकाको तर्फबाट सहयोग गरेको र थप सहयोगका लागि गण्डकी प्रदेश सरकारसँग आग्रह गरेको गाउँपालिका अध्यक्ष खिम थापाले जानकारी दिए ।

बिहीबार दिउँसो एक्कासी आगलागी हुँदा दुई घर र चार गोठ जलेर नष्ठ हुनुका साथै दुई भैँसीसमेत मरेका थिए । दिउँसो नेत्रप्रसाद न्यौपानेको घरमा कुडो पकाउने क्रममा आगो गोठमा सल्किन पुगी गोठ जलेपछि सोही आगो अन्य घर र गोठमा पनि सल्किन पुग्दा क्षति भएको थियो । आगलागी हुँदा अन्दाजी रु २३ लाख १३ हजार बराबरको क्षति भएको अनुमान छ ।