२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान र नेकपाबीच ७ बुँदे सहमति



अ+ अ-

काठमाडौं । भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान र नेपाली कम्युनिस्ट पार्टीबीच ७ बुँदे सहमति भएको छ।

बुधवार काठमाडौंमा आयोजित संयुक्त घोषणा सभाअघि नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह–संयोजक माधवकुमार नेपाल र अभियानका संयोजक भीम रावलले औपचारिक रूपमा सहमति पत्रमा हस्ताक्षर गरेका हुन्।

सहमति अनुसार दुवै पक्षले आगामी ६ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशन गर्ने, नेता रावलको जिम्मेवारीबारे आपसी सहमतिमा निर्णय गर्ने र पार्टीको विधान तथा राजनीतिक प्रतिवेदनहरू सहमतिमा तयार पार्ने बताएका छन्।

सहमति पश्चात् संयुक्त रुपमा बोल्दै नेताहरूले नेपालको वाम आन्दोलनलाई सुदृढ बनाउँदै राष्ट्रिय स्वाभिमान र सामाजिक न्यायका लागि साझा अभियान अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।