१९ मंसिर २०८२, शुक्रबार
,
Latest
२३ औँ भारत–रूस वार्षिक सम्मेलन शुरु भ्रष्टाचार विरुद्ध खबरदारी गर्न सिंहदरबार पुगे जेन—जी प्रतिनिधि प्रधानमन्त्री कार्कीसँग जापानका राजदूतको शिष्टाचार भेट राजा, राजनीतिक दल र जेन–जीबीच त्रिपक्षीय सम्झौता गरियोस्ः राप्रपा प्रवक्ता शाही ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपचारपछि अस्पतालबाट डिस्चार्ज भए धर्मेन्द्र



अ+ अ-

एजेन्सी । बलिउड अभिनेता धर्मेन्द्रलाई बुधबार बिहान मुम्बईको ब्रीच क्यान्डी अस्पतालबाट डिस्चार्ज गरिएको छ। अब उनको उपचार घरमै गरिने परिवारले निर्णय गरेको डाक्टरले जानकारी दिएका छन्।

भारतीय मिडियासँग कुरा गर्दै डा. प्रतीत समदानीले धर्मेन्द्र पछिल्ला केही हप्तादेखि कहिले अस्पतालमा भर्ना हुने, कहिले घर फर्किने क्रम दोहोरिँदै आएको बताए। उनलाई बिहान करिब साढे ७ बजे अस्पतालबाट डिस्चार्ज गरिएको थियो।

डिस्चार्जपछि परिवारको गोपनीयताको अपील

धर्मेन्द्र डिस्चार्ज भएपछि परिवारले गोपनीयताको अपील गर्दै जारी गरेको आधिकारिक वक्तव्यमा भनिएको छ—

‘धर्मेन्द्रजीलाई अस्पतालबाट छुट्टी दिइएको छ र अब उनी घरमै विश्राम गर्नेछन्। हामी मिडिया र आम जनतालाई अनुरोध गर्छौं कि कुनै अफवाह नफैलाउनुहोस् र यस समयमा उनी र परिवारको गोपनीयताको सम्मान गर्नुहोस्। धर्मेन्द्रजीको स्वास्थ्य र दीर्घायुका लागि शुभेच्छा र प्रार्थना गर्ने सबैलाई धन्यवाद। कृपया उनको सम्मान गर्नुहोस्, किनभने उनी तपाईं सबैलाई अत्यन्त माया गर्छन्।’

धर्मेन्द्र डिस्चार्ज भएपछि जुहूस्थित उनको घरतर्फ जाने बाटो प्रहरी प्रशासनले भीड जम्मा हुन नदिन बन्द गरेको छ। धर्मेन्द्रलाई नोभेम्बर १० का दिन स्वास्थ्य बिग्रिएपछि मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो। उनलाई सास फेर्न गाह्रो भएको र भेन्टिलेटरमा राखिएको थियो।

सनी देओलको टिमले मंगलबार जानकारी दिँदै धर्मेन्द्रको स्वास्थ्यमा सुधार भइरहेको र सबैलाई उनको राम्रो स्वास्थ्य र दीर्घायुका लागि प्रार्थना गर्न आग्रह गरेको थियो।

परिवारले निधनको हल्लाप्रति आक्रोश जनायो

यसअघि नोभेम्बर ११ को बिहान मिडियामा धर्मेन्द्रको निधन भएको भनी फैलिएको गलत समाचारप्रति उनकी छोरी ईशा देओल र श्रीमती हेमा मालिनीले आक्रोश व्यक्त गरेका थिए।

अक्टोबर ३१ मा पनि अस्पताल भर्ना

धर्मेन्द्रलाई अक्टोबर ३१ मा पनि अस्पतालमा भर्ना गरिएको थियो। रिपोर्टर विक्की ललवानीले सामाजिक सञ्जालमा लेख्दै सास फेर्न गाह्रो भएपछि उनलाई ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको र क्ष्ऋग् मा राखिएको बताएका थिए। सबै स्वास्थ्य सूचक सामान्य भएपछि केही घण्टामै डिस्चार्ज गरिएको थियो।

यस वर्षको सुरुवातमा धर्मेन्द्रको कर्निया ट्रान्सप्लान्ट सर्जरी गरिएको थियो। उनको बाँया आँखाको पारदर्शी पत्र (कर्निया) क्षतिग्रस्त भएपछि कर्निया ट्रान्सप्लान्ट (केराटोप्लास्टी) गरिएको थियो।

सन् २०१५ देखि २०२० को बीचमा उनलाई पटक–पटक ढाड दुख्ने, मांसपेशी तन्किने र कमजोरी हुने समस्या देखा परेका थिए। ढाड दुखाइ र थकानका कारण उनलाई अस्पतालमा भर्ना हुनुपरेको थियो।

छिट्टै रिलिज हुँदैछ धर्मेन्द्रको नयाँ फिल्म
धर्मेन्द्र ‘इक्कीस’ नामक फिल्ममा देखिनेछन्। यो फिल्म भारत–पाकिस्तान युद्धका युवा सैनिक अरुण खेतरपालको जीवनकथामा आधारित छ। अमिताभ बच्चनका नाति अगस्त्य नन्दा फिल्ममा अरुण खेतरपालको भूमिकामा छन् भने धर्मेन्द्रले उनका बुबा एम.एल. खेतरपालको भूमिका निर्वाह गरेका छन्।