१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपा पदाधिकारी निर्वाचन : ६ पदका लागि ३० उम्मेदवार चुनावी प्रतिस्पर्धामा यातनापीडितको संरक्षण र न्यायका निम्ति राष्ट्रसङ्घको जोड सुनचाँदीको मूल्य अस्थिर रास्वपाको सहमहामन्त्रीमा ११ जनाको उम्मेदवारी अर्घाखाँचीमा ६० हजार टिमुरका बिरुवा रोपिँदै प्रचण्ड, माधव नेपाल र शेखर कोइरालाबीच विराटनगरमा भेटवार्ता महामन्त्री पदको उम्मेदवारी फिर्ता लिँदै खरेलले भने: लामो बाटो तय गर्नुछ रास्वपा महाधिवेशन लम्बिँदा प्रतिनिधि सभा बैठक फेरि स्थगित रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध कार्तिक १४ गते काठमाडौंमा ‘जापान–नेपाल फुड एण्ड म्युजिक फेस्टिबल’ आयोजना हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिमालय एयरलाइन्सकाे साउदी उडान स्थगित



अ+ अ-

काठमाडौँ । नेपालबाट अन्तरराष्ट्रिय उडान भर्ने निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्सले साउदी अरब गन्तव्यको उडान स्थगित गरेको छ । कम्पनीले आज जरुरी सूचना निकालेर मार्च १५ देखि मार्च २८ २०२० सम्मका लागि काठमाडौँ–दमामा–काठमाडौँ उडान स्थगित गरेको जनाएको हो । कोभिड–१९ को प्रकोप फैलिन नदिन साउदी सरकारले मार्च १५ देखि दुई साताका लागि अस्थायी प्रतिबन्ध लगाएकाले उडान रोक्नुपरेको कम्पनीले उल्लेख गरेको छ ।

उडानका लागि टिकट लिइसकेका यात्रुले अतिरिक्त शुल्कबिना, यात्राको मिति परिवर्तन गर्ने आफ्नो ट्राभल अथवा बुकिङ एजेन्टसँग सम्पर्क राख्न पनि अनुरोध गरेको छ । कम्पनीले यसअघि चीनका पाँचवटै गन्तव्यको उडान स्थगित गरिसकेको छ भने गत फागुन २७ देखि लागू हुनेगरी कतारको दोहा गन्तव्यको उडान स्थगित गर्ने निर्णय गरेको थियो । कतारले नेपालसहित १४ देशका नागरिकलाई प्रवेशमा अस्थायी प्रतिबन्ध लगाएकाले अर्को सूचना जारी नभएसम्मका लागि हाललाई दोहा उडान रोकिएको कम्पनीले सूचनामा उल्लेख गरेको छ ।

त्यस्तै राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले पनि फागुन २७ देखि लागू हुनेगरी कतारको दोहामा गर्दै आएको नियमित उडान अर्को निर्णय नभएसम्म हाललाई स्थगित गरेको विज्ञप्तिमार्फत जनाएको थियो ।