१९ मंसिर २०८२, शुक्रबार
,
Latest
नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै जेनजी आन्दोलनका सहिदः आमाबुबाको बिलौना–मेरो छोरा अब कहिले फर्कन्छ ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार बलियो भए नागरिक बलियो हुन्छन् : महासचिव पोखरेल



अ+ अ-

काभ्रेपलाञ्चोक।  नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले एमालेले नागरिकलाई बलियो बनाउन सरकार पनि बलियो हुनुपर्ने बताउनुभएको छ ।

काभ्रेपलाञ्चोकस्थित एमालेको बनेपामा नगर कमिटीद्वारा आज बनेपामा आयोजित नगरस्तरीय भेलामा उहाँले राज्य कमजोर हँदा नागरिक पनि कमजोर हुने बताउनुभयो ।

“राज्य सक्षम सबल भए नागरिक बलिाया हुने हुन्, त्यसैले एमालेले यही मान्याता बोक्दै आएको हो”, पोखेरेलले भन्नुभयो, “राज्य कमजोर हुँदा राष्ट्रविरुद्धको षडयन्त्र सफल भएको देखियो, सरकारमा को थियो भन्ने कुरा गौण कुरा हो, त्यसैले राज्य बलिायो हुनुपर्ने हाम्रो मान्यता हो ।”

उहाँले एउटा लोकतान्त्रिका क्रान्तिले देश बदल्ने गर्छ, नेपालमा पटकपटक क्रान्ति गर्ने परिस्थिति किन उत्पत्ति हुने गर्दछ भन्ने प्रश्न जगजाहेर भएको यो प्रश्न खटिरहेकको बताउनुभयो । उहाँले थप्नुभयो, “यस विषयमा हामीले गम्भीर रूपमा बुझेर र विष्लेषण गर्नुपर्नेछ ।”

महासचिव पोखरेलले गत भदौ २३ र २४ को घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने आवश्कयता औँल्याउँदै नेपालमा भएको षडयन्त्रको पहिचान बलियो राज्यले मात्रै गर्ने तर्क व्यक्त गर्नुभयो । उहाँले प्रतिनिधिसभा पुनःस्थापना र प्रतिगमन खारेजको माग गर्दै देशव्यापी प्रर्दशन सुरु गरेको बताउनुभयो ।

एमालेका पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले लोकतन्त्रको स्थीरताले सार्थकता पाउन नसकेको बताउँदै संसद पुनस्र्थापना एमालेको प्रमुख शर्त भएको बताउनुभयो । उहाँले भदौ २३ र २४ गते भएको आन्दोलनको न्यायीक छानबिन हुनुपर्ने माग गर्नुभयो ।

नगर कमिटी नवराज मानन्धरको अध्यक्षतमा सम्पन्न कार्यक्रममा एमाले केन्द्रीय सदस्य रेशम लामा, प्रदेश कमिटी सदस्य अशोक ब्याञ्जू, जिल्ला कमिटी अध्यक्ष राजन भुर्तेल, प्रदेश कमिटी सदस्यद्वय कुमार तिमल्सिना र हरिशरण दाहाललगायतले एमालेको नीति, धारणा र आगामी योजनाका बारेमा आ–आफ्ना धारणा राख्नुभएको थियो । रासस