६ पुष २०८२, आईतवार
,
Latest
आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेनजी आन्दोलनको क्षतिपछि तीन अर्ब ६८ करोड बढी बिमा भुक्तानी



अ+ अ-

काठमाडौँ। जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बिमा दाबीमध्ये हालसम्म निर्जीवन बिमा कम्पनीले करिब रु तीन अर्ब ६८ करोड ४१ लाख भुक्तानी गरेका छन् ।

नेपाल बिमा प्राधिकरणमा निर्जीवन बिमा कम्पनीबाट प्राप्त पछिल्लो तथ्याङ्कअनुसार सो आन्दोलनका क्रममा परेका बिमा दाबी कूल रु २३ अर्ब ४६ करोड ९१ लाख रहेको प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले जानकारी दिनुभयो ।

ती दाबीमध्ये अग्रिम भुक्तानीसहित सम्पत्ति बिमातर्फ ६९३ वटा दाबीको रु १९ अर्ब चार करोड नौ लाख रकममध्ये करिब रु दुई अर्ब ९२ करोड ८६ लाख, मोटर बिमातर्फ दुई हजार २९० वटा दाबीको करिब रु तीन अर्ब ४७ करोड सात लाखमध्ये रु ६८ करोड ६१ लाख भुक्तानी भएको कार्यकारी निर्देशक सुवेदीले बताउनुभयो ।

त्यसैगरी, इञ्जीनीयरिङ तथा ठेक्का जोखिम बिमातर्फ २०९ वटा दाबीको करिब रु ५४ करोड ७५ लाखमध्ये रु ६ करोड २३ लाख, परिवहन बिमातर्फ १२ वटा दाबीको करिब रु एक करोड ६८ लाखमध्ये रु ४७ लाख र अन्य बिमातर्फ ४२ वटा दाबीको करिब रु ३९ करोड ३० लाखमध्ये रु २३ लाख अग्रिम भुक्तानी भएको प्राधिकरणले जनाएको छ ।

यसैबीच जेनजी आन्दोलनका क्रममा भएका क्षतिको बिमा दाबी भुक्तानीका लागि नेपाल पुनःबिमा कम्पनीले निर्जीवन बिमा कम्पनीलाई करिब रु दुई अर्ब ४८ करोड १० लाख अग्रिम भुक्तानी उपलब्ध गराएको प्राधिकरणले जनाएको छ ।

नेपाल पुनःबिमा कम्पनीमा हालसम्म दुई हजार ८५७ वटा पुनःबिमा दाबी दर्ता भई सोको कूल रकम करिब रु १५ अर्ब ८२ करोड ७० लाख पुगेको छ । बिमा दाबी छिटो र पारदर्शी रूपमा भुक्तानी सुनिश्चित गर्न प्राधिकरणले बिमा कम्पनी र पुनःबिमा कम्पनीसँग निरन्तर समन्वय गरिरहेको कार्यकारी निर्देशक सुवेदीले बताउनुभयो । रासस