३० श्रावण २०८३, शनिबार
,
Latest
इन्डोनेसिया भूकम्प अपडेट: मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो, भग्नावशेषमा फसेकाहरूको खोजी जारी अमेरिकासँग वार्ताका लागि इरानले निर्णय नगरेको विदेशमन्त्री अराघचीको भनाइ नूर–गङ्गा प्रतिभा पुरस्कार गुठीद्वारा १० साहित्यकार पुरस्कृत पुराना नेपाली चलचित्रमा दर्शकको आकर्षण मुस्ताङमा आठ मालबाहक कन्टेनर प्रहरी नियन्त्रणमा नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित संविधान संशोधन सत्ता परिवर्तनको हतियार बन्नु हुँदैनः नेता साउद लामवद्ध नागरिक भन्छन्ः दिनभर कुर्दा पनि ग्यास पाएनौँ (तस्बिरसहित) अनलाइनमार्फत स्वास्थ्य बीमामा आबद्ध हुन सकिने वर्तमान सरकार ‘कामचलाउ’ मात्र, मध्यावधि निर्वाचनको सम्भावना छः डा. शशांक कोईराला
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेनजी आन्दोलनको क्षतिपछि तीन अर्ब ६८ करोड बढी बिमा भुक्तानी



अ+ अ-

काठमाडौँ। जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बिमा दाबीमध्ये हालसम्म निर्जीवन बिमा कम्पनीले करिब रु तीन अर्ब ६८ करोड ४१ लाख भुक्तानी गरेका छन् ।

नेपाल बिमा प्राधिकरणमा निर्जीवन बिमा कम्पनीबाट प्राप्त पछिल्लो तथ्याङ्कअनुसार सो आन्दोलनका क्रममा परेका बिमा दाबी कूल रु २३ अर्ब ४६ करोड ९१ लाख रहेको प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले जानकारी दिनुभयो ।

ती दाबीमध्ये अग्रिम भुक्तानीसहित सम्पत्ति बिमातर्फ ६९३ वटा दाबीको रु १९ अर्ब चार करोड नौ लाख रकममध्ये करिब रु दुई अर्ब ९२ करोड ८६ लाख, मोटर बिमातर्फ दुई हजार २९० वटा दाबीको करिब रु तीन अर्ब ४७ करोड सात लाखमध्ये रु ६८ करोड ६१ लाख भुक्तानी भएको कार्यकारी निर्देशक सुवेदीले बताउनुभयो ।

त्यसैगरी, इञ्जीनीयरिङ तथा ठेक्का जोखिम बिमातर्फ २०९ वटा दाबीको करिब रु ५४ करोड ७५ लाखमध्ये रु ६ करोड २३ लाख, परिवहन बिमातर्फ १२ वटा दाबीको करिब रु एक करोड ६८ लाखमध्ये रु ४७ लाख र अन्य बिमातर्फ ४२ वटा दाबीको करिब रु ३९ करोड ३० लाखमध्ये रु २३ लाख अग्रिम भुक्तानी भएको प्राधिकरणले जनाएको छ ।

यसैबीच जेनजी आन्दोलनका क्रममा भएका क्षतिको बिमा दाबी भुक्तानीका लागि नेपाल पुनःबिमा कम्पनीले निर्जीवन बिमा कम्पनीलाई करिब रु दुई अर्ब ४८ करोड १० लाख अग्रिम भुक्तानी उपलब्ध गराएको प्राधिकरणले जनाएको छ ।

नेपाल पुनःबिमा कम्पनीमा हालसम्म दुई हजार ८५७ वटा पुनःबिमा दाबी दर्ता भई सोको कूल रकम करिब रु १५ अर्ब ८२ करोड ७० लाख पुगेको छ । बिमा दाबी छिटो र पारदर्शी रूपमा भुक्तानी सुनिश्चित गर्न प्राधिकरणले बिमा कम्पनी र पुनःबिमा कम्पनीसँग निरन्तर समन्वय गरिरहेको कार्यकारी निर्देशक सुवेदीले बताउनुभयो । रासस