१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar चाडपर्वमा भाडा नबढाउने प्रतिवद्धतासहित व्यवसायीले भनेः सरकारले पेट्रोलियम पदार्थको मूल्य नबढाओस् News Polar चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने News Polar पदमार्ग र पूर्वाधारको विकाससँगै पर्यटकीय गन्तव्य बन्दै भाेजपुरकाे ऐतिहासिक कोटगढी News Polar पहिरोबाट उद्धार गरिएका भन्छन, ‘नयाँ जीवन पायौँ’ News Polar मस्र्याङ्दी नदीमा जलसतह घट्यो, तत्काल चिन्ता गर्नुपर्ने अवस्था छैन : जिल्ला प्रशासन News Polar अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र एआईआईबी अध्यक्ष जियायीबीच दोहामा भेटवार्ता, बाढीपछिको पुनर्निर्माण र पूर्वाधारमा लगानी बढाउन आग्रह News Polar ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ News Polar बेबारिसे अवस्थामा तीन नाल भरुवा बन्दुक फेला News Polar कालीगण्डकीमा जलसतह कम भएसंगै विद्युत् उत्पादन सुरु गर्ने तयारी News Polar घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्गमा यातायात सेवा प्रभावित News Polar वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित News Polar एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन

कथाकार यक्सोको ‘पेनिबा’ विमोचन

कथाकार यक्सोको ‘पेनिबा’ विमोचन
?????? ???? ?????? ????????, ?? ???????? ????? ??????? ???????????? ????? ?????? ?????? ?????, ????? ???????? ?????? ??????????? ??????????? ??????? ?????????????? ?????? ??????? ?????? ?????????? ??????? ?????? ??????? ????????? ???????? ???????? ?????? ??????? ?????? ?????? ?????? ????? ???????? ??????? ??????? ‘?????? ????’ ???????????? ?????? ????? ? ??????? ?????????? ?????÷????
अ अ+ अ-

काठमाडौँ। युवा कथाकार सुरेश यक्सोद्वारा लिखित कथाकृति ‘पेनिबा’ आज एक समारोहबीच विमोचन गरिएको छ ।

मैयुङट्याम्के साल्पा सिलिचुङ पर्यटन प्रवद्र्धन केन्द्र सभ्यता अन्वेषण केन्द्रद्वारा यहाँ आज आयोजित कार्यक्रममा उक्त कथासङ्ग्रह सार्वजनिक गरिएको हो ।

सो अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति तिलविक्रम नेम्बाङ (वैरागी काइँला)ले ‘पेनिबा’ आधुनिक नेपाली समाज र प्रवासी नेपालीको जीवन भोगाइको सशक्त प्रतिविम्ब भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सुरेश यक्सो केवल कथाकार मात्र होइनन्, उहाँ कवि र साहित्यिक अभियन्ता पनि हुनुहुन्छ । उहाँका कथाहरू सरल भाषामा लेखिएका छन्, तर ती कथाभित्र गहिरा भावना, संवेदना र मनोविज्ञान बगिरहेका हुन्छन् ।”

पूर्वकुलपति नेम्वाङले धनकुटाको पहाडी भूगोल र जनजीवनसँग जोडिएको यक्सोको लेखन शैली नेपाली साहित्यमा मौलिक पहिचानका रूपमा स्थापित हुँदै गएको धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “पेनिबा केवल कथासङ्ग्रह होइन, यो याकथुङ समुदायको सांस्कृतिक पहिचान बोकेको दस्तावेज पनि हो । यसमा गाउँको पुरानो जीवनशैली, मानवीय सम्बन्धको दूरी र आधुनिकताको प्रभावको चित्रण गरिएको छ ।”

कार्यक्रममा नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुवेर खापुङले ‘पेनिबा’ नेपाली समाजको पहिचान र विविधताको दर्पण भएको बताउनुभयो । उहाँले भन्नुभयो, “पेनिबाले नेपालीपनलाई पुनः अनुभूति गराउँछ । पेनिबा केवल मनोरञ्जनका लागि लेखिएको कथा होइन, यो हाम्रो समाजको आत्मपरक कथा हो ।”

प्राज्ञ तथा वरिष्ठ कवि श्रवण मुकारुङले कथाकार सुरेश यक्सो नेपाली साहित्य क्षेत्रका उदीयमान र बहुप्रतिभाशाली युवा कथाकार भएको बताउनुभयो । उहाँले भन्नुभयो, “पेनिबाले नेपाली साहित्यसहित देश विदेशको परिवेश झल्काएको छ ।”

त्यसैगरी, लेखक तथा समालोचक डा तुलसी गौतम र कवि तथा कथाकार वीना थिङले उक्त कृतिको विषयवस्तु, शैली र संरचना सम्बन्धमा टिप्पणी गर्दै लेखकको सिर्जनशीलतालाई उच्च मूल्याङ्कन गर्नुभएको थियो । उहाँहरूले ‘पेनिबा’ मा प्रेम, पीडा, सङ्घर्ष र पहिचानको खोजजस्ता विषयलाई सशक्त रूपमा प्रस्तुत गरिएको बताउनुभयो ।

सभ्यता अन्वेषण केन्द्रका अध्यक्ष शशी सुलुम्बुले कथाकार सुरेश यक्सोजस्ता नेपाली साहित्यमा नयाँ पुस्ताको योगदान महत्त्वपूर्ण रहेको बताउनुभयो । उहाँले यस्ता सिर्जनात्मक प्रयासले नेपाली कथालेखनलाई नयाँ दिशातर्फ डो¥याउने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा सांस्कृतिक विविधता झल्काउने च्याब्रुङ नृत्यसमेत प्रस्तुत गरिएको थियो । विमोचन समारोहमा साहित्य, कला, संस्कृति, शिक्षा र सुरक्षा क्षेत्रका प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति रहेको थियो ।