१२ असार २०८३, शुक्रबार
,
Latest
महामन्त्री पदको उम्मेदवारी फिर्ता लिँदै खरेलले भने: लामो बाटो तय गर्नुछ रास्वपा महाधिवेशन लम्बिँदा प्रतिनिधि सभा बैठक फेरि स्थगित रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध कार्तिक १४ गते काठमाडौंमा ‘जापान–नेपाल फुड एण्ड म्युजिक फेस्टिबल’ आयोजना हुने प्रतिनिधिसभाको आजको बैठकमा पाँच विधेयक प्रस्तुत हुने, आर्थिक विधेयक पारित गर्ने कार्यसूची इजिप्टमा सडक दुर्घटनामा मृत्यु हुनेको संख्या १०.८ प्रतिशतले वृद्धि फ्रान्समा अत्याधिक गर्मीका कारण ७२ विभागमा ‘रेड अलर्ट’ जारी, तापक्रमले कायम गर्‍यो नयाँ कीर्तिमान अफ्रिकामा साइबर चुनौतीको सामना गर्न विज्ञहरूद्वारा सहकार्यको आह्वान भेनेजुएला भूकम्पः मृतकको संख्या २ सय ३५ पुग्यो यी हुन् रास्वपाका नवनिर्वाचित ९९ केन्द्रीय सदस्य (मतसहित)
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘नेपालमा दैनिक १ लाख सिलिण्डर ग्यास भित्रिन्छ, लाइनमा बस्नुपर्दैन’



अ+ अ-

काठमाडौं । नेपाल आयल निगमले प्रतिदिन १ लाख सिलिण्डर ग्यास नेपाल भित्रिरहेकाले लाइन बस्नु पर्ने अवस्था नआउने बताएको छ ।

कोरोना भाइरसको संक्रमणले विश्व आक्रान्त बनिरहेका बेला डिजेल, पेट्रोल र ग्यास लगायत दैनिक उपभोग्य वस्तुको अभाव हुने भन्दै उपभोक्ता आतंकित बनेका बेला निगमले यस्तो बताएको हो । निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले आइतबार रक्सौल नाकाबाट मात्रै ८६ बुलेट ग्यास भन्सार पास भएर नेपाल आउने क्रममा रहेको उल्लेख गर्दै काठमाडौं उपत्यकामा ३८ वटा बुलेट आउने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘आज मात्रै रक्सौलबाट ८६ बुलेट भन्सार पास भएर आउने क्रममा छन् । त्यो भनेको १२ सय ८५ लिटर अर्थात १ लाख सिलिण्डर हो । काठमाडौँका लागि ३८ र बाहिरका लागि ४८ वटा बुलेट छन् । त्यो बाहेक भैरहवा, नेपालगञ्ज, काकडभित्ता र धनगढीबाट पनि भित्रिने गरेको छ ।’ निर्देशक पौडेलले फागुन २८ र २९ गते ३ सय १ बुलेट अर्थात ३ लाख ७५ हजार सिलिण्डर नेपाल भित्रिएको बताउनुभयो ।

ग्यासको भण्डारण नभएका कारण माग बढी हुने वित्तिकै केही समस्या देखिने भएपनि अभाव नै नहुने उहाँको भनाई छ । विपदको समयमा बजारमा कृत्रिम अभावका घटनाहरु हुने गरेको उहाँले स्वीकार गर्नुभयो ।