६ पुष २०८२, आईतवार
,
Latest
वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट विधायन ऐन कार्यान्वयनमा सरकार सक्रियः कानूनमन्त्री सिन्हा सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ? नोरा फतेहीको कार गम्भीर दुर्घटनामा पर्यो ओढारमा रात कटाउनुपर्ने अवस्थाको अन्त्य चिसोले गरिब बस्तीको जनजीवन कष्टकर तेस्रो टेस्टमा इङ्गल्याण्डलाई ८२ रनले पराजित गर्दै अष्ट्रेलियाले लगातार पाँचौं पटक एशेज उपाधि जित्यो भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

लम्पी स्कीन रोगबाट कोशीमा एक हजार ११६ वटा चौपाया मरे



अ+ अ-

विराटनगर। कोशी प्रदेशमा यस वर्ष लम्पी स्कीन रोगबाट एक हजार ११६ वटा चौपायाको मृत्यु भएको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय सुनसरी धरानले जनाएको छ । कुनै पनि समयमा देखिने यो रोग यस वर्ष गर्मी र बर्सातको मौसममा देखिएको थियो ।

प्रदेशका तीन लाख ९४ हजार ५८५ चौपायामध्ये तीन लाख १५४ मा लम्पी स्कीनको रोग देखिएको निर्देशनालयका पशु चिकित्सक पुरुषोत्तम पाण्डेले जानकारी दिनुभयो । भाइरसबाट हुने यो रोगबाट बच्न निर्देशनालयले चौपायामा सुई लगाएको थियो र रोगलाई समयमै नियन्त्रणमा लिन सफल भएको थियो ।

खासगरी कोभिडको समयमा अष्ट्रेलियाबाट भित्रिएको यो रोग यस वर्ष कोशी प्रदेशको सोलुखुम्बु जिल्ला बाहेक सबै जिल्लाका चौपायामा देखिएको थियो भने पाँचथर र तेह्रथुम जिल्लामा यो रोगबाट कुनै पनि चौपायाको मृत्यु नभएको चिकित्सक पाण्डेले बताउनुभयो ।

गाईभैँसीमा लाग्ने यो रोग लागेपछि जीउमा गिर्खा जस्तो देखिने, ज्वरो आउने, घाउ हुने फुट्ने, तौल घट्ने, कमजोर हुनेजस्ता लक्षण देखिन्छ ।रासस