२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

शेयर कारोबार बढ्यो



अ+ अ-

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आइतबारदेखि शेयर कारोबारको समय एक घण्टा थप गरेको छ ।

नेप्सेले बजारको माग, अन्तर्राष्ट्रिय प्रचलन र लगानीकर्ताको हितलाई ध्यानमा राखेर कारोबार समय बढाएको जनाएको छ । बिहान ११ बजेदेखि ३ बजेसम्म कारोबार हुँदै आएको बोलकबोल र निरन्तर कारोबार समयलाई १ घण्टा थप गरी ४ बजेसम्म गर्ने व्यवस्था गरेको होे । नेप्सेका महाप्रवन्धक चन्द्रसिंह साउदले कारोेबार समय परिक्षणकोे रुपमा थपिएको र यसले बजारमा पार्ने असरको आधारमा फेरि परिमार्जन गर्न सकिने बताउनुभयो । उहाँँले शेयर कारोबारका लागि लगानीकर्ताले समय कम भएको गुनासो गरेकोे र अन्तर्राष्ट्रिय पूँजी बजारकोे समय बढी हुनेगरेकोे अवस्थामा नेपालमा पनि लगानीकर्ताको हितमा हुने गरी नेपाल धितोपत्र वोेर्डको निर्देशन अनुसार कारोबारको समय थप गरेको बताउनुभयोे ।

महाप्रवन्धक साउदले नेप्सेको कारोेबार समय बढ्दा बजारमा सकारात्मक फाइदा पुग्ने दावी समेत गर्नुभयो । उहाँले समय बढाउँदा कारोबार रकम अझ बढ्दा सक्ने अपेक्षा गरिएको बताउनुभयोे । तर कारोबार समय थप हुँदा बजारमा इण्डेक्स बढ्दा या घट्छ भन्ने प्रतिकृया दिन नहुने र कसैले दिए विश्वास नगर्न समेत आग्रह गर्नुभयोे ।

नेप्सेले कारोबार समय थप गरेसँगै तीन भागमा वर्गीकरण हुनेगरी कारोबारको समय निर्धारण गरेको छ । जस अनुसार प्रारम्भिक कारोबार समय १० बजेर ३० मिनेट देखि ११ बजे सम्म, बोलकबोल तथा निरन्तर कारोबार समय १ घण्टा बढाएर ११ बजे देखि ४ बजे सम्म र अन्तिम कारोबार ४ बजेर ५ मिनेट सम्म कायम गरेको हो । महाप्रवन्धक साउदले कारोबार समय थप गर्दा नेप्सेमा प्राविधिक रुपमा कुनै समस्या नरहेको समेत बताउनुभयो ।