काठमाडौं । कोरोनाभाइरस संक्रमण जोखिमका कारण यस वर्षको कक्षा १० को एसइई परीक्षा सर्न सक्ने भएको छ। आइतबार राष्ट्रिय सभामा बोल्दै स्वास्थ्यमन्त्री भानुभक्त ढकालले चैत ६ गतेबाट सुरु हुने भनिएको परीक्षा सर्न सक्ने बताएका हुन्।
मन्त्री ढकालले कोरोनाभाइरस संक्रमणको जोखिमका कारण परीक्षा सर्न सक्ने बताएका हुन्। ‘दुई/तीन दिन महामारीको अवस्था हेरेर नयाँ तालिका बनाउने/नबनाउने कुरा टुंगो लाग्छ,’ उनले भने।
मन्त्री ढकालले अहिले १ सय ७० वटा आइसियू सञ्चालनमा रहेकोमा काठमाडौंभित्र १ सय २० र बाहिर १ सय १५ वटा आइसियू विस्तार गर्न सरकार जुटेको जनाए।
उनले सरकारले आयोजना गर्न लागेको सगरमाथा संवाद पनि स्थगित भएको भन्दै सकेसम्म धेरै भीडभाड हुने कार्यक्रममा सहभागी नहुन आग्रह गरेका छन्।