६ पुष २०८२, आईतवार
,
Latest
वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट विधायन ऐन कार्यान्वयनमा सरकार सक्रियः कानूनमन्त्री सिन्हा सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ? नोरा फतेहीको कार गम्भीर दुर्घटनामा पर्यो ओढारमा रात कटाउनुपर्ने अवस्थाको अन्त्य चिसोले गरिब बस्तीको जनजीवन कष्टकर तेस्रो टेस्टमा इङ्गल्याण्डलाई ८२ रनले पराजित गर्दै अष्ट्रेलियाले लगातार पाँचौं पटक एशेज उपाधि जित्यो भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिमा सूचना केन्द्र स्थापना गर्ने तयारी



अ+ अ-

काठमाडौँ।  बिमा सूचना केन्द्र स्थापना गर्ने विषयमा सरोकारवालाबीच सहमति भएको छ ।

नेपाल बिमा प्राधिकरणले आयोजना गरेको छलफल कार्यक्रमबाट प्राप्त राय–सुझावका आधारमा प्रारम्भिक मस्यौदा परिमार्जन गरी केन्द्र स्थापनाको कार्य छिट्टै अघि बढाइने भएको हो ।

नेपाल बिमा प्राधिकरणको आयोजनामा आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा बिमा सूचना केन्द्र स्थापना तथा सञ्चालनसम्बन्धी छलफल कार्यक्रम सम्पन्न भएको हो । बिमा ऐन, २०७९ बमोजिम बिमा कम्पनी, लघु बिमा कम्पनी तथा पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूसँग छलफल गरी राय–सुझाव सङ्कलन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा नेपाल बिमा प्राधिकरणका अध्यक्ष जनकराज शर्माले बिमा क्षेत्र विस्तार हुँदै गएको सन्दर्भमा छरिएका सूचनालाई एकीकृत गर्न तथा गलत क्रियाकलाप पहिचान गरी नियन्त्रण गर्न सूचना केन्द्र आवश्यक रहेको बताउनुभयो । उहाँले बीमक, बीमितलगायत सबै सरोकारवालाको हितका लागि बिमा सूचना केन्द्रको स्थापनाको प्रक्रिया शीघ्र अघि बढाइने जानकारी दिनुभयो ।

पूर्वमुख्य सचिव डा बैकुण्ठ अर्यालले विज्ञका रूपमा केन्द्रको स्थापना, सञ्चालन तथा व्यवस्थापनसम्बन्धी प्रारम्भिक मस्यौदा प्रस्तुत गर्नुहुँदै बिमा क्षेत्रसँग सम्बन्धित यथार्थ सूचना र विश्लेषणका लागि सूचना केन्द्र अपरिहार्य रहेको बताउनुभयो । नेपाल बीमक सङ्घका अध्यक्ष वीरेन्द्र बैदवार र नेपाल जीवन बीमक सङ्घका अध्यक्ष प्रवीण रमण पराजुलीले बिमा सूचना केन्द्र स्थापनाका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा नेपाल बिमा प्राधिकरणका निर्देशकहरू, जीवन तथा निर्जीवन बिमा कम्पनी, लघु बिमा कम्पनी र पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूको सहभागिता रहेको थियो । रासस