२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कालोबजारी गरेको देखेमा खबर गर्नुहोस्, सरकारले कारवाही गर्छ : मन्त्री भट्ट



अ+ अ-

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले उपभोक्ता आफै अनुगमनकर्ता बनेर सरकारलाई सूचना दिनुपर्ने बताउनुभयो ।

विपदको समयमा बजारमा हुने कलोबजारी र कृत्रिम अभावको विषयमा उपभोक्त आफै अनुगमनकर्ता बनेर सूचना दिने परिपाटीको विकास गर्नुपर्ने उहाँले बताउनुभएको हो । विश्व उपभोक्ता दिवसका अवशरमा आयोजित कार्यक्रममा मन्त्री भट्टले उपभोक्ताले दिएको सूचनाको आधारमा विभागले ऐन नियम अनुसार कारवाही नगरे आफुलाई भन्न पनि आग्रह गर्नुभयो । आफ्नो अधिकारको संरक्षण गर्न जिम्मेवारीबोध गर्दै अधिकारको प्रयोग गर्न पनि उहाँले आग्रह गर्नुभयो । ‘अहिलेको आवश्यकता सबै उपभोक्ता अनुगमनकर्ता बन्ने र सूचना दिने हो । विभागले ऐन अनुसार कारवाही गर्दैन भने अति तपाईहरुले भन्न पाउने हो’, उहाँले भन्नुभयो ।

मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले बजार अनुगमन, बजार निरीक्षण र उपभोक्ता हक हित संरक्षण गर्ने कुरा सरकारले मात्रै गर्न नसक्ने बताउनुभयो । उपभोक्ता आफै अनुमगनकर्ता बनेर सँगसँगै हुनुपर्ने उहाँले बताउनुभयो । सरकारी क्षेत्रमा काम गर्ने व्यक्तिहरुपनि उपभोक्ता नै भएको उल्लेख गर्दै उहाँले अहिलेका कमीकमजोरीहरु सच्याउँदै जाने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

राष्ट्रिय उपभोक्त मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले उपभोक्त हितका लागि निर्माण भएका सरकारी संरचना खारेज गर्नुपर्ने बताउनुभयो । उपभोक्ताको हितमा काम गर्न नसकेको स्थानीय तहहरुमा गठन भएका समितिहरुले अनुगमनलाई चासो नै नदिएको भन्दै उहाँले आक्रोश समेत व्यक्त गर्नुभयो । स्थानीय तहका संरचनाहरुलाई दिइएको अधिकारप्रति जिम्मेवार बनाउनुपर्ने उल्लेख गर्दै उहाँले जिम्मेवारीबोध गराउन नसके अधिकार खोस्नुपर्ने बताउनुभयो ।

आइतबार वाणिज्य आपूर्ति तथा उपभोक्त संरक्षण विभागले विश्व उपभोक्त दिवस मनाएको छ । उपभोक्त अधिकार, उत्पादनमा गुणस्तरियता, आपूर्तिमा सहजता र उपभोगमा विवेकशीलता भन्ने नाराका साथ दिवस मनाइएको हो ।