२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक सय २० दिनभित्र लिग गर्न तयार छौं–एन्फा



अ+ अ-

काठमाडौँ । नेपाली फुटबलको शीर्ष डिभिजन शहीद स्मारक ‘ए’ डिभिजन लिग एक सय २० दिनभित्र आयोजना गर्न सरोकारावाला तयार भएको छ ।

सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा अखिल नेपाल फुटबल संघ (एन्फा), शीर्ष डिभिजनका १४ मध्ये पाँच वटा क्लव र फुटबल खेलाडीबीच भएको छलफलबाट   अबको एक सय २० दिनभित्र ‘ए’ डिभिजन लिग गर्ने सहमति भएको हो ।

गत कात्तिक १७ गते सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न बैठकबाट एन्फा र क्लवले आगामी पुस ९ गतेबाट राष्ट्रिय लिग गर्ने र अर्को वर्षको पुस ३ गते सहिद स्मारक ‘ए’ डिभिजन लिग आयोजना गर्ने सहमति गरेका थिए । यस वर्ष पनि लिग नहुने भएपछि गत बिहीवार एन्फामा फुटबल खेलाडीहरूले आन्दोलन गरेका थिए । यसपछि नै एन्फाले सोमवार आफ्नै कम्प्लेक्समा नै खेलाडीलाई बैठकमा बोलाएका थियो ।

तर उनीहरूले उक्त बैठक लाइभ गर्न माग गरेपछि सम्भव भएन र मंगलबारका लागि सिंहदरबारमा भएको हो । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले सिंहदरबारमा मंगलवार बोलाएको बैठकमा १४ मध्ये तीन विभागीयसहित पाँच क्लब मात्र सहभागी भए । सरोकार पक्ष क्लव पूर्ण नभए पनि एन्फाले क्लव खेल्न तयार भएमा लिग आयोजना गर्ने बताएको छ । एन्फाका सहायक महासचिव बद्री भट्टराईले खेलाडीहरूबाट पुसभित्र नै लिग गर्ने माग भए पनि अन्तत् एक सय २० दिनपछि नै लिग गर्ने सहमति भएको बताएका छन् । लिग गर्न क्लवलाई पनि समय आवश्यक पर्ने कुरामा छलफल भएपछि त्यो समयअवभित्र सहमति निस्किएको उनको भनाइ छ ।

क्लब खेल्न तयार हुँदा एन्फा लिग गर्न तयार नै रहेको सहायक महासचिव भट्टराईले बताएका छन् । तर यो बैठकमा १४ क्लवमध्ये पाँच वटा मात्र सहभागी रहेको उनले उल्लेख गरेका छन् । बाँकी क्लबसँग पनि मन्त्रालयले छलफल अगाडि बढाउने कुरा आएको एन्फाका सहयाक महासचिव भट्टराईले उल्लेख गरे । एन्फाका महासचिव भट्टराईले आवश्यक परेको ठाउँमा मन्त्रालयले पनि सहजीकरण गर्ने प्रतिवद्धता आउनु सुखद पक्ष रहेको बताएका छन् । लिग हुँदा दशरथ रंगशालामा बिग्रिएको खण्डमा त्यसमा मन्त्रालयले पनि सहयोग गर्ने कुरा आएको उनले उल्लेख गरेका छन् । समस्या भएको ठाउँमा मन्त्रालयलाई भन्न र समस्या नहुँदा लिग आयोजना गर्न एन्फालाई निर्देशन प्राप्त भएको एन्फाका सहायक महासचिव भट्टराईले जानकारी दिए ।

भोली या पर्सीभित्र बाँकी क्लबलाई पनि छलफलमा राखेर लिगको विषयमा टुङ्गो लगाउन मन्त्रालयले तयारी गरिरहेको उनले उल्लेख गरेका छन् । भट्टराईले एन्फा बजेट नभएर लिग गर्न गराउनबाट पछि हटेको भन्ने कुरामा कुनै सत्यता नरहेको स्पष्ट पारेका छन् । सरोकारवाला पक्ष सबै एकजुट भएर अगाडि बढ्दा लिग सम्भव रहेको उनले बताएका छन् ।

युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले मंगलवार बोलाएको सरोकारवालासँगको छलफलमा एन्फा पदाधिकारी र शीर्ष डिभिजन क्लवबीच अबको चार महिनाभित्र लिग गर्ने सहमति भएको छ । मन्त्री गुप्ताले एन्फालाई लिगको मिति प्रश्ताव गर्न आग्रह गरेका थिए ।

लामो छलफलपछि एक सय २० दिनभित्र लिग आयोजना गर्ने सहमति भनिए पनि १४ वटै क्लवको सहमति नभएकाले अझै अन्योलता छ । यद्यपि, मन्त्री गुप्ताले बाँकी क्लवसँग पनि छलफल गर्ने र उनीहरूलाई मनाउने बताएका छन् । केही क्लवहरू भने त्यो मन्त्रालयको क्षेत्राधिकारीभित्र नपर्ने र क्लव स्वतन्त्र रहेको भन्दै सिंहदरबारको बैठकमा सहभागी भएका छैनन् ।