९ श्रावण २०८३, शनिबार
,
Latest
त्रिशूली नदीमा खस्यो भ्यान सम्यक दानको स्मरण गराउन गुरु पूर्णिमाका दिन पञ्चदान तथा दिपंकर तथागत वुद्धको शोभायात्रा हुने सिरिया बस दुर्घटना : ३५ जनाको मृत्यु, ३० व्यक्ति घाइते शिक्षा सचिव पौडेलद्वारा डा केसीसँग अनौपचारिक संवाद अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ यमन द्वन्द्वको ‘कुनै सैन्य समाधान छैन’ : इरानी विदेशमन्त्री डढेलोबाट ‘ज्यान बचाउनु’ सरकारको प्राथमिकताः प्रधानमन्त्री सान्चेज आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपा र राप्रपा नेपालबीच एकताको पहल, लिङदेन–थापा वान टु वान भेटवार्तामा



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र त्यसबाट फुटेर बनेको राप्रपा नेपालबीच एकताको पहल अघि बढेको छ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र राप्रपा नेपालका अध्यक्ष कमल थापा आज धुम्बाराहीस्थित एक होटलमा वान टु वान वार्तामा बसेका हुन्।

दुई नेताबीच पार्टी एकता र सहकार्यका विषयमा विस्तृत छलफल भएको स्रोतले जनाएको छ। राप्रपा नेपालका अध्यक्ष थापा एकताका पक्षमा देखिएका छन् भने लिङदेन पनि सकारात्मक रहेको बुझिएको छ।

थापाले लिङदेनलाई अध्यक्षका रूपमा स्वीकार गर्न सक्ने संकेत गरेपछि एकताको वातावरण थप बलियो बन्दै गएको स्रोतको भनाइ छ।

यसअघि करिब एक साताअघि राप्रपा नेपालले औपचारिक रूपमा राप्रपासँग एकताको प्रस्ताव गरेको थियो।

समान विचारधारा भएका दल र शक्तिहरूसँग सहकार्य र एकता गर्नका लागि राप्रपा नेपालले वरिष्ठ उपाध्यक्ष राजीव पराजुलीको संयोजकत्वमा वार्ता समिति गठन गरेको थियो।

उक्त समितिले हालै राप्रपा अध्यक्ष लिङदेनसँग भेट गरी औपचारिक प्रस्ताव अघि सारेको थियो।