६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

उपत्यकाका पाँच अस्पतालमा एक सय २० आइसियू बेड र सातै प्रदेशमा उच्चस्तरीय ल्याब सञ्चालन गरिने

उपत्यकाका पाँच अस्पतालमा एक सय २० आइसियू बेड र सातै प्रदेशमा उच्चस्तरीय ल्याब सञ्चालन गरिने
अ+ अ-

सरकारले कोरोना संक्रमितको उपचारका लागि उपत्यकामा १२० शैय्याको आइसियू थप गर्ने भएको छ । टेकु अस्पतालमा ४०, सशस्त्र प्रहरी अस्पताल, वीर, पाटन र सैनिक अस्पतालमा २०–२० शैय्याको आइसियू बनाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । यी आइसियू कोरोना संक्रमितका लागि मात्रै प्रयोग हुनेछन् । आइसियू सेटअपका लागि सशस्त्र प्रहरी अस्पतालले मन्त्रालयसँग सात करोड ६४ लाख ७४ हजार सात सय रकम मागेको छ । त्यस्तै, वीरले ११ करोड ९० लाख र पाटनले सात करोड ६४ लाख ७४ हजार सात सय बजेट मागेको छ ।

टेकु अस्पतालले ४० मध्ये तत्काल दश शैय्या थप्न सात करोड ५० लाख मागेको छ । त्यही रकमले आवश्यक जनशक्ति पनि थप गर्ने उसको प्रस्ताव छ । सैनिक अस्पतालले भने २० शैय्याको आइसियू तयार पार्न अर्थ मन्त्रालयबाट सीधै बजेट पाउनेछ । स्वास्थ्य मन्त्रालयका अनुसार सबै अस्पताललाई प्रक्रिया अघि बढाउन निर्देशन भइसकेको छ । एक हप्ताभित्र टेन्डर गर्ने तयारी छ । सरकारले कोरोना संक्रमितको उपचारका लागि आवश्यक जनशक्ति पनि थप्ने भएको छ । छात्रवृत्तिमा सरकारी तथा निजी क्षेत्रमा अध्ययन गरिरहेका बिएन नर्सहरूलाई उपचारमा खटाइनेछ । स्वास्थ्य मन्त्रालयले उनीहरूलाई सोमबारदेखि तालिम दिने भएको छ ।

अब श्वास–प्रश्वासका गम्भीर बिरामीको पनि कोरोना परीक्षण गरिने: आइसियूमा भर्ना भएर उपचार गराउने कडा प्रकारको श्वास–प्रश्वाससम्बन्धी रोगका बिरामीको पनि अब कोरोना परीक्षण गरिने भएको छ । यस्ता बिरामीमा कोरोना भाइरस हुन सक्ने आशंकामा परीक्षण गर्न लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । चीनमा हालै गरिएको अध्ययनले कडा प्रकारको श्वास–प्रश्वासको समस्याले पनि कोरोना भाइरसको संक्रमण हुन मुख्य भूमिका खेलेको देखाएको छ । ५५ हजारभन्दा बढी संक्रमितमा गरिएको अध्ययनमा १८ प्रतिशतमा कडा प्रकारको श्वास–प्रश्वास समस्या देखिएको थियो ।

त्यस्तै, ८८ प्रतिशत संक्रमितमा ज्वरो, ६७ प्रतिशतमा सुक्खा खोकी, ३८ प्रतिशतमा थकान, ३३ प्रतिशतमा खकारसहितको खोकी र १४ प्रतिशतमा घाँटी दुख्ने समस्या पाइएको थियो । पछिल्लो समय नेपालमा पनि कडा प्रकारको श्वास–प्रश्वाससम्बन्धी रोगका बिरामी बढेपछि सचेतना अपनाउन उनीहरूको कोरोना परीक्षण गर्ने तयारी भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता सागर दाहालले बताए । स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार १५ पुसदेखि फागुनसम्म दुई हजार ६ सय २७ बिरामीले आइसियूमै भर्ना भएर उपचार गराएका छन् ।

उनीहरूमध्ये २० जनाको मृत्यु भएको छ । देशभरका एक सय १८ अस्पतालका आइसियूमा भर्ना भएका बिरामीको तथ्यांक संकलन गरिएको महाशाखाका तथ्यांक अधिकृत कृष्ण पाण्डेले बताए । नेपालमा अहिलेसम्म श्वास–प्रश्वासमा समस्या भएर आइसियूमा भर्ना भएका बिरामीको कोरोना परीक्षण गरिएको छैन । तर, अब काठमाडौंका दश अस्पतालको आइसियूमा भर्ना भएका यस्ता बिरामीको कोरोना परीक्षण अनिवार्य गरिएको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले बताए ।

सहिद शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकु, वीर, पाटन, वीरेन्द्र सैनिक, शिक्षण, नर्भिक, ग्रान्डी, बयोधा, ह्याम्स र नेपाल मेडिसिटी अस्पतालको आइसियूमा भर्ना भएका श्वास–प्रश्वाससम्बन्धी रोगका बिरामीको कोरोना परीक्षण गरिने उनले बताए । कडा प्रकारको श्वास–प्रश्वाससम्बन्धी बिरामीमा श्वास छिटोछिटो लिने अथवा श्वास लिन गाह्रो हुने, घाँटी र करङबीचको पेटको मांसपेशी भित्रबाहिर गर्ने, हात काम्ने, बेसुर हुने, जिब्रो र हातको औँला नीलो हुने, बेहोस हुनेलगायतका लक्षण देखिन्छन् ।

सातै प्रदेशमा उच्चस्तरीय ल्याब सञ्चालन गरिने:सरकारले सातवटै प्रदेशमा उच्चस्तरको (बिएसएल टु) ल्याब खोल्ने भएको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले आइतबार सातवटै प्रदेशप्रमुखसँग नियन्त्रणका लागि भइरहेको पूर्वतयारीबारे छलफल गरेको छ । समितिले स्वास्थ्य निगरानी र प्रयोगशालालाई सुदृढीकरण गर्दै लैजाने निर्णय गरेको छ । प्रयोगशाला परीक्षणलाई व्यवस्थित गर्न हरेक प्रदेशमा बिएसएल टु ल्याब स्थापना गरिने समितिका सदस्यसचिव नारायणप्रसाद बिडारीले बताए ।

अहिले उच्चस्तरको ल्याब काठमाडौंमा मात्रै छ । जसले गर्दा माहामारीजन्य रोगको ल्याब परीक्षणका लागि देशभरबाट नमुना काठमाडौ ल्याउनुपर्छ । त्यस्तै, मास्क र सेनिटाइजरजस्ता अत्यावश्यक सामान विदेशबाट खरिद गर्न प्रक्रिया अगाडि बढाउने निर्णय पनि समितिले गरेको छ । नयाँ पत्रिका दैनिक