९ आश्विन २०८१, बुधबार
,
Latest
पर्वले सामूहिकता र एकतालाई अभिवृद्धि गर्न मद्दत गर्छ : उपराष्ट्रपति चाडपर्वको गरिमालाई सम्मानजनक बनाऔँ: राष्ट्रपति छ सय वर्ष पुरानो लोमान्थाङ गाउँ, बर्सेनि पुग्छन् तीन हजारभन्दा बढी पर्यटक दसैँअघि तीन हजार ८५६ किलोमिटर सडक खाल्डोरहित बनाउने लक्ष्य बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीले देशका अधिकांश भागमा बदली प्रधानमन्त्री ओली र फिनल्याण्डका राष्ट्रपति स्टबबीच भेटवार्ता प्रधानमन्त्री ओली र सामोआका समकक्षीबीच भेटवार्ता आइएमई गरेकी भाग्यशाली सेवाग्राही: प्रमीला रोकायाले जितिन् नगद १ करोड डेङ्गीको प्रकोप: लामखुट्टेको बासस्थान नियन्त्रणका कार्यक्रम संञ्चालन गर्दे महानगर मलाई पक्राउ गर्न दशैं कुर्नु पर्दैन,आधार प्रमाणले यी चिजहरु देखियो भन्नुस, मेरो झोला रेडी छ:…
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपत्यकाका पाँच अस्पतालमा एक सय २० आइसियू बेड र सातै प्रदेशमा उच्चस्तरीय ल्याब सञ्चालन गरिने



अ+ अ-

सरकारले कोरोना संक्रमितको उपचारका लागि उपत्यकामा १२० शैय्याको आइसियू थप गर्ने भएको छ । टेकु अस्पतालमा ४०, सशस्त्र प्रहरी अस्पताल, वीर, पाटन र सैनिक अस्पतालमा २०–२० शैय्याको आइसियू बनाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । यी आइसियू कोरोना संक्रमितका लागि मात्रै प्रयोग हुनेछन् । आइसियू सेटअपका लागि सशस्त्र प्रहरी अस्पतालले मन्त्रालयसँग सात करोड ६४ लाख ७४ हजार सात सय रकम मागेको छ । त्यस्तै, वीरले ११ करोड ९० लाख र पाटनले सात करोड ६४ लाख ७४ हजार सात सय बजेट मागेको छ ।

टेकु अस्पतालले ४० मध्ये तत्काल दश शैय्या थप्न सात करोड ५० लाख मागेको छ । त्यही रकमले आवश्यक जनशक्ति पनि थप गर्ने उसको प्रस्ताव छ । सैनिक अस्पतालले भने २० शैय्याको आइसियू तयार पार्न अर्थ मन्त्रालयबाट सीधै बजेट पाउनेछ । स्वास्थ्य मन्त्रालयका अनुसार सबै अस्पताललाई प्रक्रिया अघि बढाउन निर्देशन भइसकेको छ । एक हप्ताभित्र टेन्डर गर्ने तयारी छ । सरकारले कोरोना संक्रमितको उपचारका लागि आवश्यक जनशक्ति पनि थप्ने भएको छ । छात्रवृत्तिमा सरकारी तथा निजी क्षेत्रमा अध्ययन गरिरहेका बिएन नर्सहरूलाई उपचारमा खटाइनेछ । स्वास्थ्य मन्त्रालयले उनीहरूलाई सोमबारदेखि तालिम दिने भएको छ ।

अब श्वास–प्रश्वासका गम्भीर बिरामीको पनि कोरोना परीक्षण गरिने: आइसियूमा भर्ना भएर उपचार गराउने कडा प्रकारको श्वास–प्रश्वाससम्बन्धी रोगका बिरामीको पनि अब कोरोना परीक्षण गरिने भएको छ । यस्ता बिरामीमा कोरोना भाइरस हुन सक्ने आशंकामा परीक्षण गर्न लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । चीनमा हालै गरिएको अध्ययनले कडा प्रकारको श्वास–प्रश्वासको समस्याले पनि कोरोना भाइरसको संक्रमण हुन मुख्य भूमिका खेलेको देखाएको छ । ५५ हजारभन्दा बढी संक्रमितमा गरिएको अध्ययनमा १८ प्रतिशतमा कडा प्रकारको श्वास–प्रश्वास समस्या देखिएको थियो ।

त्यस्तै, ८८ प्रतिशत संक्रमितमा ज्वरो, ६७ प्रतिशतमा सुक्खा खोकी, ३८ प्रतिशतमा थकान, ३३ प्रतिशतमा खकारसहितको खोकी र १४ प्रतिशतमा घाँटी दुख्ने समस्या पाइएको थियो । पछिल्लो समय नेपालमा पनि कडा प्रकारको श्वास–प्रश्वाससम्बन्धी रोगका बिरामी बढेपछि सचेतना अपनाउन उनीहरूको कोरोना परीक्षण गर्ने तयारी भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता सागर दाहालले बताए । स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार १५ पुसदेखि फागुनसम्म दुई हजार ६ सय २७ बिरामीले आइसियूमै भर्ना भएर उपचार गराएका छन् ।

उनीहरूमध्ये २० जनाको मृत्यु भएको छ । देशभरका एक सय १८ अस्पतालका आइसियूमा भर्ना भएका बिरामीको तथ्यांक संकलन गरिएको महाशाखाका तथ्यांक अधिकृत कृष्ण पाण्डेले बताए । नेपालमा अहिलेसम्म श्वास–प्रश्वासमा समस्या भएर आइसियूमा भर्ना भएका बिरामीको कोरोना परीक्षण गरिएको छैन । तर, अब काठमाडौंका दश अस्पतालको आइसियूमा भर्ना भएका यस्ता बिरामीको कोरोना परीक्षण अनिवार्य गरिएको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले बताए ।

सहिद शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकु, वीर, पाटन, वीरेन्द्र सैनिक, शिक्षण, नर्भिक, ग्रान्डी, बयोधा, ह्याम्स र नेपाल मेडिसिटी अस्पतालको आइसियूमा भर्ना भएका श्वास–प्रश्वाससम्बन्धी रोगका बिरामीको कोरोना परीक्षण गरिने उनले बताए । कडा प्रकारको श्वास–प्रश्वाससम्बन्धी बिरामीमा श्वास छिटोछिटो लिने अथवा श्वास लिन गाह्रो हुने, घाँटी र करङबीचको पेटको मांसपेशी भित्रबाहिर गर्ने, हात काम्ने, बेसुर हुने, जिब्रो र हातको औँला नीलो हुने, बेहोस हुनेलगायतका लक्षण देखिन्छन् ।

सातै प्रदेशमा उच्चस्तरीय ल्याब सञ्चालन गरिने:सरकारले सातवटै प्रदेशमा उच्चस्तरको (बिएसएल टु) ल्याब खोल्ने भएको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले आइतबार सातवटै प्रदेशप्रमुखसँग नियन्त्रणका लागि भइरहेको पूर्वतयारीबारे छलफल गरेको छ । समितिले स्वास्थ्य निगरानी र प्रयोगशालालाई सुदृढीकरण गर्दै लैजाने निर्णय गरेको छ । प्रयोगशाला परीक्षणलाई व्यवस्थित गर्न हरेक प्रदेशमा बिएसएल टु ल्याब स्थापना गरिने समितिका सदस्यसचिव नारायणप्रसाद बिडारीले बताए ।

अहिले उच्चस्तरको ल्याब काठमाडौंमा मात्रै छ । जसले गर्दा माहामारीजन्य रोगको ल्याब परीक्षणका लागि देशभरबाट नमुना काठमाडौ ल्याउनुपर्छ । त्यस्तै, मास्क र सेनिटाइजरजस्ता अत्यावश्यक सामान विदेशबाट खरिद गर्न प्रक्रिया अगाडि बढाउने निर्णय पनि समितिले गरेको छ । नयाँ पत्रिका दैनिक