९ आश्विन २०८१, बुधबार
,
Latest
पर्वले सामूहिकता र एकतालाई अभिवृद्धि गर्न मद्दत गर्छ : उपराष्ट्रपति चाडपर्वको गरिमालाई सम्मानजनक बनाऔँ: राष्ट्रपति छ सय वर्ष पुरानो लोमान्थाङ गाउँ, बर्सेनि पुग्छन् तीन हजारभन्दा बढी पर्यटक दसैँअघि तीन हजार ८५६ किलोमिटर सडक खाल्डोरहित बनाउने लक्ष्य बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीले देशका अधिकांश भागमा बदली प्रधानमन्त्री ओली र फिनल्याण्डका राष्ट्रपति स्टबबीच भेटवार्ता प्रधानमन्त्री ओली र सामोआका समकक्षीबीच भेटवार्ता आइएमई गरेकी भाग्यशाली सेवाग्राही: प्रमीला रोकायाले जितिन् नगद १ करोड डेङ्गीको प्रकोप: लामखुट्टेको बासस्थान नियन्त्रणका कार्यक्रम संञ्चालन गर्दे महानगर मलाई पक्राउ गर्न दशैं कुर्नु पर्दैन,आधार प्रमाणले यी चिजहरु देखियो भन्नुस, मेरो झोला रेडी छ:…
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना भाइरसबाट संक्रमित भए उपचार खर्च राज्यले व्यहोर्छ: स्वास्थ्यमन्त्री



अ+ अ-

काठमाडौं । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोना भाइरसबाट संक्रमित भए उपचार खर्च राज्यले व्यहोर्ने बताएका छन् । नेपालमा कोही पनि कोरोनाबाट संक्रमित नभएको जानकारी दिँदै मन्त्री ढकालले संक्रमण भित्रिन नदिन सरकारले आवश्यक तयारी गरिरहेको बताए । ‘कोरोनाबाट बिरामी भएको पुष्टि भए उपचारको सम्पूर्ण जिम्मा सरकारले लिन्छ’, राष्ट्रियसभा बैठकमा आइतबार उनले भने, ‘कोरोना नसार्ने कुराका लागि प्रत्येक नागरिकले सावधानी अपनाऔं भन्ने सरकारको आग्रह हो ।’ उनका अनुसार ४ सय ६४ जनाको परीक्षण गरिएकोमा सबैको रिजल्ट ‘नेगेटिभ’ आएको छ ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकाल

‘नेपालमा आजसम्म एक जना पनि संक्रमित पाएका छैनौं’, उनले भने, ‘संक्रमण देखियो भने आवश्यक औषधि र औजारको जोहो गरेका छौं ।’ उनले कोरोना भित्रिन नदिन उच्च सावधानी अपनाइएको सुनाए । हात धुन, भेटघाटमा नमस्कार गर्न, खाना खाँदा सावधानी अपनाउन, भीडमा नजान जनतालाई आग्रह गरिएको उनको भनाइ थियो । विदेशबाट आउनुपरे सात दिनसम्म खकार जाँच गरेको भए मात्र प्रवेश गराउने र विदेशीको हकमा ‘सेल्फ क्वारेन्टाइन’ तथा नेपाली आए ‘होम क्वारेन्टाइन’मा बस्नुपर्ने उनले बताए । चीनबाट उद्धार गरिएका नेपालीलाई जस्तो अब क्वारेन्टाइन गर्न सहज नभएको आफ्नो भनाइलाई बंग्याएर प्रचार गरिएको उनको गुनासो थियो ।

‘क्वारेन्टाइन भनेको सुरक्षाका निम्ति अपनाइने उपाय हो’, उनले भने, ‘सेल्फ क्वारेन्टाइन भनेको आफ्नो घरमा बस्ने, बेड छुट्टै हुने, खाना आफैं खाने, परिवारका सदस्यसँग एक मिटर दूरी पर बस्ने भन्ने हो ।’ उनले कोरोना भाइरस १ सय ५२ राष्ट्रमा फैलिएको र ४६ देशमा नागरिकले ज्यान गुमाउनुपरेको उल्लेख गरे । कोरोनाबाट १ लाख ५६ हजार संक्रमित देखिएको र ८० वर्षमाथिका व्यक्तिको मृत्युदर बढी भेटिएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा रहेको उच्चस्तरीय समितिले कोरोना रोगसम्बन्धी राज्यका तर्फबाट गर्नुपर्ने काम गरिरहेको उनले संसद्लाई जानकारी गराए ।

भारतसँगका १ सय २९ नाकामध्ये ४३ वटामा स्वास्थ्य बिन्दु राखेर चेकचाँज गरिएको र कूटनीतिकबाहेक अन्य भिसामा वैशाख १८ सम्म विदेशीलाई नेपाल आउन बन्द गरिएको उनले जनाए । कक्षा १ देखि ९ सम्मका ५० लाख विद्यार्थीको परीक्षा चैत ५ गतेभित्र सक्ने र संक्रमणको अवस्था हेरेर एसईई सञ्चालन गरिने जानकारी उनले दिए । देशभर १ सय ७० आईसीयू सञ्चालनमा रहेको जनाउँदै उनले २ सय ३५ आईसीयू व्यवस्थापन गर्ने तयारी भइरहेको जनाए । अन्नपुर्णपोष्ट दैनिक