१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीको राजीनामा



अ+ अ-

काठमाडौं । अमेरिकाका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले राजीनामा दिएका छन् । रेग्मीले कात्तिक २२ गतेदेखि नै लागू हुने गरी राजीनामा दिएका हुन् । तर आज मात्र उनको राजीनामाको खबर बाहिरिएको छ ।

यसअघि बेलायतका लागि नेपाली राजदूत चन्द्र घिमिरेले राजीनामा दिएका थिए ।

गत असोज ३० गते बसेको मन्त्रिपरिषद् बैठकले भारतबाहेक विभिन्न ११ देशमा कार्यरत नेपाली राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । तर, सर्वोच्च अदालतले १६ कात्तिकमा राजदूतहरूलाई फिर्ता बोलाउने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।

अदालतले निर्णय कार्यान्वयन नगर्न आदेश दिए पनि सरकारले राजदूतहरूलाई स्वदेश फर्किएर परराष्ट्र मन्त्रालयमा हाजिर हुन निर्देशन दिएको थियो ।