१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कैदीबन्दीलाई अगरबत्ती उत्पादनसम्बन्धी तालिम



अ+ अ-

अछाम । जिल्ला कारागारका कैदीबन्दीलाई सीप सिकाउने उद्देश्यले अगरबत्ती उत्पादनसम्बन्धी तालिम दिइएको छ । घरेलु तथा साना उद्योग कार्यालय अछामको आयोजनामा यही कात्तिक १८ गतेदेखि सातदिने सीप विकास तालिम कारागारमा सञ्चालन गरिएको हो ।

कारागारमा रहेका कैदीबन्दीमध्ये अहिले १५ जनालाई तालिम दिइएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख भीमबहादुर सिंहले बताउनुभयो ।

उहाँका अनुसार कार्यालयले कैदीबन्दीको मागबमोजिम विभिन्न सीप विकास तालिम सञ्चालन गरेको हो । कारागारबाट सजाय काटेर बाहिर निस्केपछि समाजमा पुन:स्थापित हुन तालिमले सहयोग गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । रासस