२१ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः युद्धस्तरमा उद्धार र पुनःस्थापना गर्न नेता लामाको आग्रह विपद् व्यवस्थापन र भौतिक पूर्वाधारको सुरक्षा संवेदनशीलतामा गम्भीर समीक्षा आवश्यक छः सभापति थापा बेपत्ता व्यक्तिलाई मृत मान्न नसकिने वर्तमान कानूनी व्यवस्था संशोधन गरियोस्ः गगन थापा मुक्त हलियाको समस्या स्थायी रूपमा समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री भट्ट टिपरको ठक्करबाट एक जनाको मृत्यु एसिसी प्रिमियर कपः नेपाल सेमिफाइनलमा पूर्वप्रधानन्यायाधीश श्रेष्ठद्वारा १७० बाढीपीडित परिवारलाई राहत वितरण तीन दिनमा ८७ हजार ग्यास सिलिण्डर काठमाडौँ भित्रियो गृहमन्त्री गुरुङ सैनिक अस्पतालमा भर्ना प्युठानको काईया राष्ट्रिय वनमा बेवारिसे अवस्थामा ९ थान अवैध हतियार फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

कैदीबन्दीलाई अगरबत्ती उत्पादनसम्बन्धी तालिम



अ+ अ-

अछाम । जिल्ला कारागारका कैदीबन्दीलाई सीप सिकाउने उद्देश्यले अगरबत्ती उत्पादनसम्बन्धी तालिम दिइएको छ । घरेलु तथा साना उद्योग कार्यालय अछामको आयोजनामा यही कात्तिक १८ गतेदेखि सातदिने सीप विकास तालिम कारागारमा सञ्चालन गरिएको हो ।

कारागारमा रहेका कैदीबन्दीमध्ये अहिले १५ जनालाई तालिम दिइएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख भीमबहादुर सिंहले बताउनुभयो ।

उहाँका अनुसार कार्यालयले कैदीबन्दीको मागबमोजिम विभिन्न सीप विकास तालिम सञ्चालन गरेको हो । कारागारबाट सजाय काटेर बाहिर निस्केपछि समाजमा पुन:स्थापित हुन तालिमले सहयोग गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । रासस