१९ मंसिर २०८२, शुक्रबार
,
Latest
ओली देउवा निवासमा पुगे, जेनजी आन्दोलनपछि पहिलो भेट लुम्बिनीविरुद्ध जनकपुर टस जितेर ब्याटिङमा एनपीएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? २३ औँ भारत–रूस वार्षिक सम्मेलन शुरु भ्रष्टाचार विरुद्ध खबरदारी गर्न सिंहदरबार पुगे जेन—जी प्रतिनिधि प्रधानमन्त्री कार्कीसँग जापानका राजदूतको शिष्टाचार भेट राजा, राजनीतिक दल र जेन–जीबीच त्रिपक्षीय सम्झौता गरियोस्ः राप्रपा प्रवक्ता शाही ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

सञ्चारमन्त्री खरेलद्वारा राष्ट्रिय एआई केन्द्रको उद्घाटन



अ+ अ-

काठमाडौँ। डिजिटल माध्यमद्वारा सार्वजनिक तथा निजी क्षेत्रको कामलाई सहज बनाउने उद्देश्यले सरकारले राष्ट्रिय एआई केन्द्र स्थापना गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय एआई केन्द्र स्थापना गरेको हो । राष्ट्रिय एआई केन्द्रको उद्घाटन गर्दै सञ्चारमन्त्री जगदीश खरेलले सानो कोठाबाट सुरुवात गरिएको राष्ट्रिय एआई केन्द्रले नेपालको एआई क्षेत्रका लागि ठूलो फड्को मारेको वताउनुभयो ।

सञ्चारमन्त्री खरेले एआई केन्द्रको स्थापनासँगै नेपाललाई डिजिटल नेपाल र एआई तथा ‘डिजिटल ट्रान्सफरमेसन’ को बाटोमा अघि बढेको सन्देश गएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “एआई केन्द्रको यो सुरुआत हो, यसलाई निरन्तर रुपमा अगाडि बढाउछौँ, एआई नीति आइसकेको छ, एआई काउन्सिल पनि गठन भइसकेको छ । आजकै दिनदेखि एआई केन्द्रले आफ्नो कार्य प्रारम्भ गर्नेछ । डिजिटल नेपाल र डिजिटल ट्रान्सफरमेन बाटोमा नेपाल अघि बढेको सन्देश दिइएको छ ।”

सञ्चारमन्त्री खरेलले जेनजी आन्दोलनको क्रममा सुशासन र भ्रष्टाचार नियन्त्रण, रोजगारी र नवप्रवद्र्धनको सन्दमा एआईले जोड्ने विश्वास व्यक्त गर्नुभयो । सूचना प्रविधि केन्द्रले सार्वजनिक तथा निजी क्षेत्रको सेवा प्रवाहलाई डिजिटल माध्यद्वारा छिटो र सहज बनाउन नीतिगत पहल गर्ने उहाँले बताउनुभयो ।

यसका साथै एआईको प्रयोगले कुनै पनि निकायमा जनशक्ति अभावलाई न्यूनीकरण गर्न तथा डिजिटल प्लेटफर्ममार्फत प्रवाह हुने गलत सूचनाको सत्यतथ्य पुष्टि गर्न उपयोगी हुने मन्त्रालयको भनाइ छ ।

मन्त्रालयको सूचना प्रविधि महाशाखाका प्रमुख सहसचिव आदेश खड्काले सरकारले गत साउनमा एआईसम्बन्धी नीति २०८२ लाई कार्यान्वयनमा ल्याइएसँगै एआई केन्द्रको स्थापना गरिएको बताउनुभयो । उहाँका अनुसार एआई काउन्सिल गठन भएको र एआई नीति आइसकेको अवस्थामा नेपाललाई डिजिटल युगमा अगाडि बढाएको छ । यसले नेपालका सार्वजनिक तथा निजी क्षेत्रलाई एआई प्रयोगका लागि नीतिगत कार्य गर्नेछ ।

सूचना प्रविधिविज्ञ गौरव पाण्डेले एआई केन्द्र स्थापनाले निजी क्षेत्रलाई एआई प्रयोगमा लगानी र सहभागी गराउन उत्साहित बनाउने विश्वास व्यक्त गर्नुभयो ।

केन्द्रले एआईको माध्यमद्वारा सेवा प्रवाह गर्न चाहने निजी क्षेत्रलाई नीतिगत कामका लागि सहजीकरण गरी दिने, तथा एआईसम्बन्धी कार्यक्रम निर्माणलाई प्रोत्सान दिने मन्त्रालयले जनाएको छ । रासस