१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने News Polar पदमार्ग र पूर्वाधारको विकाससँगै पर्यटकीय गन्तव्य बन्दै भाेजपुरकाे ऐतिहासिक कोटगढी News Polar पहिरोबाट उद्धार गरिएका भन्छन, ‘नयाँ जीवन पायौँ’ News Polar मस्र्याङ्दी नदीमा जलसतह घट्यो, तत्काल चिन्ता गर्नुपर्ने अवस्था छैन : जिल्ला प्रशासन News Polar अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र एआईआईबी अध्यक्ष जियायीबीच दोहामा भेटवार्ता, बाढीपछिको पुनर्निर्माण र पूर्वाधारमा लगानी बढाउन आग्रह News Polar ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ News Polar बेबारिसे अवस्थामा तीन नाल भरुवा बन्दुक फेला News Polar कालीगण्डकीमा जलसतह कम भएसंगै विद्युत् उत्पादन सुरु गर्ने तयारी News Polar घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्गमा यातायात सेवा प्रभावित News Polar वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित News Polar एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

चित्रकार प्रधानको एकल चित्रकला प्रदर्शनी

चित्रकार प्रधानको एकल चित्रकला प्रदर्शनी
अ अ+ अ-

काठमाडौँ। चित्रकार विनोद प्रधानको एकल चित्रकला प्रदर्शनी सुरु भएको छ ।

बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा ‘एन इन्टरनिटी अफ रिफ्लेक्सन’ शीर्षकमा उहाँको चित्रकला प्रर्दशनी गरिएको हो । चित्रकार प्रधानले कल्पनामा आएका विचारहरुको सुन्दर आकृतिका स्वरुप क्यानभाषमा उतारेको बताउनुभयो ।

उहाँका अनुसार कल्पना भनेको मानसिक शक्ति हो । सोच्ने क्षमता पनि हो । “विचारहरु व्यक्तिपिच्छे फरक हुन्छ”, चित्रकार प्रधानले भन्नुभयो, “यिनै फरक विचारहरुलाई रङमा चित्रण गरेको छु ।”

उहाँले आफूमा जस्तोसुकै विचार उब्जिन्छ, त्यसलाई क्यानभासमा पोतिहाल्ने स्वभाव रहेको सुनाउनुभयो । प्रधानको चित्रकलाको शैलीमा समसामयिक र परम्परागत धारणा मिसिएको पाइन्छ ।

एन इटरनिटी अफ रिफ्लेक्सन शीर्षकको चित्र नियाल्दा रोचक अनुभूति हुन्छ । हिमाल, पहाडको वरिपरि बीचमा ढुङ्गेधारा आकृति छ । देवीदेवताको दृश्य उतारिएको उक्त मूर्तिस्वरप आकृतिले धार्मिक सभ्यताको पहिचान झल्किन्छ ।

चित्रकार प्रधानले एकातिर प्रकृतिको महिमा दर्शाउनुभएको छभने अर्कोतिर काठमाडौँ उपत्यकाको सभ्यताको झुकाव झल्काउन खोजेको महसुस हुन्छ । प्रधानद्वारा सिर्जित चित्रहरु आगामी डिसेम्बर ७ सम्म प्रदर्शनी राखिने ग्यालरीका प्रमुख सङ्गीता थापाले बताउनुभयो । रासस