२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्य बिमा कार्यक्रमका समस्याको तत्काल समाधान गरिन्छ : स्वास्थ्यमन्त्री गौतम



अ+ अ-

भक्तपुर। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा  गौतमले स्वास्थ्य बिमा कार्यक्रममा देखिएका समस्याको तत्काल समाधान गरिने बताउनुभएको छ ।

आज भक्तपुर क्यान्सर अस्पतालको ३१ औँ वार्षिकोत्सव तथा नवनिर्मित प्रयोगशाला भवनको उद्घाटन गर्दै उहाँले संविधानले सुनिश्चित गरेको निःशुल्क स्वास्थ्यको अधिकारलाई कानुनबमोजिम उपलब्ध गराउन सरकारले पहल गरिरहेको बताउनुभयो ।

आधारभूत अस्पताल, स्वास्थ्यचौकी तथा अन्य स्वास्थ्य संस्थामा निःशुल्क उपलब्ध औषधिहरुको प्रभावकारी वितरणका लागि स्थानीय सरकारलाई निर्देशन दिँदै मन्त्री गौतमले स्थानीय सरकारलाई स्वास्थ्य सेवा उपलब्ध गराउन संघीय सरकारले सशर्त अनुदानको व्यवस्था गरेको उल्लेख गर्नुभयो ।

उहाँले सरकारको मुख्य कार्यभार आगामी फागुन २१ गते शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गराउनु रहेकाले यसबाट सरकार पछि नहट्ने पनि बताउनुभयो ।

मन्त्री गौतमले भन्नुभयो, “सरकार समयमै शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गराउन प्रतिबद्ध छ, आम मतदातालाई आश्वस्त पार्ने काममा सम्बन्धित सबै पक्षलाई केन्द्रित हुन आग्रह गर्दछौँ ।”

कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा मगर, बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठ, स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डा श्रीकृष्ण श्रेष्ठ, भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा उज्जवल चालिसेलगायतले अस्पतालको सेवालाई थप व्यवस्थित गरी प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए । रासस