५ असार २०८३, शुक्रबार
,
Latest
हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया वैशाखयता विपद्जन्य घटनामा परी १०५ जनाको मृत्यु हेटौँडाका उपभोक्तालाई दैनिक तीन करोड ७५ लाख लिटर पिउने पानी वितरण अभिनेता मदनकृष्ण श्रेष्ठलाई ‘राष्ट्रिय दीर्घसाधना सम्मान २०८३’ प्रदान अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा गठबन्धनरूपी विकृत युगको साक्षी भयौं तर साझेदार भएनौं: सभापति थापा बैतडीमा बस दुर्घटनामा एक जनाको मृत्यु, १० जना घाइते सहमतिकै आधारमा नेतृत्व चयन गर्ने प्रयास भइरहेको छ: महामन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

जुडो टोली जापान जाँदै



अ+ अ-

काठमाडौं। समर डेफलिम्पिक्समा सहभागी हुन नेपाली जुडो टोली भोलि जापानको टोकियो जाने भएको छ ।

नोभेम्बर १५ देखि २६ तारिखसम्म हुने डेफलिम्पिक्सको जुडोमा २ खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुष ६० केजीमा लक्की चौधरी तथा महिला ५२ केजीमा सुष्मा तामाङले प्रतिस्पर्धा गर्ने छन् ।

टोली प्रमुखमा नेपाल बहिरा तथा दृष्टिविहीन पारा जुडो सङ्घका अध्यक्ष धर्मकुमार श्रेष्ठ, व्यवस्थापकमा रोजिना श्रेष्ठ र प्रशिक्षकमा सन्जित डङ्गोल रहेका छन् । घरमा शोक परेका कारण प्रशिक्षक डङ्गोल भने नोभेम्बर १४ तारिखमा जापान जाने छन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष ध्रुव आचार्यले आज एक कार्यक्रमबीच बिदाइ गर्नुभयो ।

सो अवसरमा राखेप कार्यकारी समितिका सदस्यद्वय भानबहादुर चन्द र सुवर्ण श्रेष्ठ, राखेपका सदस्य जगतसिंह धामीलगायतको उपस्थिति रहेको थियो । डेफलिम्पिक्समा नेपालले जुडो बाहेक कराते, एथलेटिक्स, तेक्वान्दो, ब्याडमिन्टन र टेबलटेनिसमा पनि सहभागिता जानाउने छ ।