२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजको मौसम: पश्चिमी वायुको सामान्य प्रभाव रहने



अ+ अ-

मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाले सोमबार बिहानदेखि रातिसम्मको पूर्वानुमान गरेको छ । महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। भने देशका पहाडी भू–भागमा आंशिक बदली भइरहेको छ ।

यसैगरी, महाशाखाले आज दिउँसो देशका पहाडी भू–भागहरुमा आंशिक बदली हुने र बाँकी भागमा मौसम सामान्यतया सफा हुने पूर्वानुमान गरेको छ ।

राति पनि देशका पहाडी भेगमा आंशिक बदला हुन सक्ने र अन्य क्षेत्रहरुमा भने मौसम सफा रहने पूर्वानुमानमा उल्लेख गरिएको छ ।