१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात News Polar हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित News Polar गाउँमै रोजगारीको बाटो खोज्दै भोजपुरका युवा News Polar तनहुँमा चैते धान प्रवर्द्धन गरिँदै News Polar रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द   News Polar म्याग्दीमा प्रसारण लाइन मर्मत सुरु News Polar तटबन्धले जोगायो गैँडाकोटको बस्ती News Polar नेपाली क्रिकेट टोली जापानबाट स्वदेश फिर्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कालीगण्डकीको भेलले बगाएको फर्सेवासीको सपना News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र

सबै दलहरुले मिलेर मुलुकलाई निकास दिनुपर्छः प्रकाशमान सिंह

सबै दलहरुले मिलेर मुलुकलाई निकास दिनुपर्छः प्रकाशमान सिंह
अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले सबै राजनीतिक दलहरुले मिलेर मुलुकलाई संकटबाट पार लगाउनुपर्ने बताउनुभएको छ ।

गणेशमान सिंहको जन्मजयन्तिको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले मुलुकको राष्ट्रियता र लोकतन्त्रमाथि आएको संकट समाधानका लागि सबै दलहरुले एकतावद्ध भएर काम गर्ने बेला आएको बताउनुभएको हो । नेता सिंहले काँग्रेसले विगतमा पनि संकटमा बेला मुलुकलाई निकास दिन भुमिका खेल्दै आएको उल्लेख गर्दै अहिले पनि त्यो भुमिका उभिनुपर्ने आवश्यतकता औँल्याउनु भयो ।

उहाँले भन्नुभयो,‘यो पर्शनल प्रपर्टी र नेश्नल प्रपर्टी जसरी यसले अट्याक गरेको छ । यो राम्रो संकेत होइन । अब हामी कसरी अघि बढने भन्ने कुरा हो । यसमा पुराना दलहरु यसमा पनि नेपाली काँग्रेस विशेष रुपमा हाम्रो जिम्मेवारी भनेको नेशन क्राईसेसमा पर्दा जहिले पनि नेपाली काँग्रेसकै नेतृत्वमा वे आउट वा मुलुकलाई निकास दिन विगतमा क्राईसेस आउँदा पनि काँग्रेसले भूमिका खेलेको छ । अहिले पनि यो क्राईसेसलाई पार लगाउनका लागि नेपाली काँग्रेसको भनाई के हो भन्दाखेरी काँग्रेस एकतावद्ध हुनैप¥यो । अरु दलहरुले पनि राष्ट्रियतामाथि आएको जुन संकट छ, लोकतन्त्रमाथि आएको जुन संकट छ । त्यसलाई पार लगाउनका लागि सबैले मिलेर काम गर्नुपर्छ भन्ने हामी सबैले ध्यान दिनुछ ।’ 

नेता सिंहले जेनजी आन्दोलनमा राष्ट्रिय तथा व्यक्तिगत सम्पत्ति माथि भएको आक्रमण सैह्य नभएको पनि बताउनु भयो ।