२० मंसिर २०८२, शनिबार
,
Latest
भ्याली पब्लिक बास्केटबलमा तेजस्वी र पारामाउन्ट विजयी महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेनजी आन्दोलनमा रोटी सेक्नेहरु एमालेका विरुद्धमा छन्ः नेतृ झाँक्री



अ+ अ-

काठमाडौँ । नेकपा एमाले नेतृ रामकुमारी झाँक्रीले जेन—जी पुस्ताको आन्दोलनका नाममा स्वार्थकेन्द्रित काम भइरहेको बताउनुभएको छ ।

सोमवार घर फर्क राष्ट्रिय अभियान कार्यक्रममार्फत नेकपा एमालेमा समाहित हुँदै नेतृ झाँक्रीले यस्तो बताउनुभएको हो । उहाँले जेन जी आन्दोलन एउटा पुस्ताको एउटा आक्रोश भएपनि त्यसमा रोटी सेक्नेहरु धेरै भएको बताउनु भयो । अहिले जेन जी आन्दोलन भर्सेस नेकपा एमाले जस्तो भाष्य खडा गरिएको बताउनु भयो । जेन जी आन्दोलनका स्टक होल्डरहरु नजानिँदो ढंगले आफूलाई दाबी गरेर स्वार्थकेन्द्रित काम गर्न थालेको बताउनु भयो । जेन—जी आन्दोलनमा रोटी सेक्नेहरु एमालेविरुद्धमा खनिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘जेन जी आन्दोलन एउटा पुस्ताको एउटा आक्रोश थियो । त्यो सामान्य कुरा थियो । त्यसमा रोटी सेक्नको लागि जुन जुन तत्वहरु सामेल भए, आज फर्केर हेर्दा जेन जी आन्दोलन भर्सेस नेकपा एमाले र त्यसको नेतृत्व उभियो समाजमा । जेन जी आन्दोलनका स्टक होल्डरहरु नजानिँदो ढंगले मान्छेहरुले आफूलाई दाबी गरिहेका छन् । चाहे त्यो माओवादी तत्कालिन पार्टी होस्, नेपाली काँग्रेसको एउटा हिस्सा, राप्रपा होस्, रास्वपा होस् । अन्य प्रकारका स्वतन्त्र अभियान चलाउनेहरु हुन्, समाजमा हेरौँ । जेन जी आन्दोलनमा रोटी सेक्नेहरु आज नेकपा एमालेका विरुद्धमा छन् ।’

नेतृ झाँक्रीले समाज कहाँ जाँदैछ भनेर चिन्ता गर्नुपर्ने बताउनु भयो । क्रान्तिकारी शक्तिहरु अब अल्मल गरेर बस्न नहुने भन्दै एमालेमा फर्किन आह्वान गर्नुभयो । सार्वभौमिकता, सार्वजनिक सम्पती, नागरिक जीवनको रक्षाका लागि नेकपा एमालेमा आउनुपर्ने बताउनु भयो ।