२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना प्रभाव : डाइभर्सिटी र गैरआप्रवासी भिसा अपोइन्टमेन्ट स्थगन



अ+ अ-

काठमाडौं । कोरोनाको प्रकोपका कारण नेपालस्थित अमेरिकी दुताबासले डिभि र पर्यटक भिसा प्रक्रिया केही समयका लागि स्थगन गरेको छ । भिसाका लागि आवदेन गरिएका सबैखाले प्रक्रिया स्थगन गर्ने निर्णय गरेको नेपालमा रहेको अमेरिकी दूताबासले जानकारी दिएको छ ।

कोरोना संक्रमणले विश्वव्यापी प्रभाव परिरहेका बेला नेपालको दूतावासले पनि भोलि चैत ४ गते (मंगलबार) बाट लागू हुनेगरी भिसाबारे यस्तो निर्णय लिएको हो ।

काठमाडौँस्थित अमेरिकी दूतावासले डाइभर्सिटी भिसा (डिभी) तथा गैरआप्रवासी भिसाका नियमित अपोइन्टमेन्टहरू स्थगन गरेको आज एक विज्ञप्ति प्रकाशन गरेर जानकारी दिएको छ ।

यसअघि नै बुझाएको एमआरभी शुल्क भने मान्य हुने दूतावासले जनाएको छ । दूतावासका अनुसार, यसको प्रयोग एक वर्षभित्र जहाँ खरिद गरिएको हो, सोही मुलुकको भिसा आवेदनका लागि प्रयोग हुनेछ । तर यो प्रक्रिया रोकेको भए पनि कुनै आपतकालीन अवस्था भएमा तत्कालै दूतावासमा सम्पर्क गर्न र दूतावासले तोकेको मापदण्डअनुसार आपतकालीन अपोइन्टमेन्टको लागि प्रक्रिया अघि बढाउन सकिने दूतावासले बताएको छ ।