१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपा पदाधिकारी निर्वाचन : ६ पदका लागि ३० उम्मेदवार चुनावी प्रतिस्पर्धामा यातनापीडितको संरक्षण र न्यायका निम्ति राष्ट्रसङ्घको जोड सुनचाँदीको मूल्य अस्थिर रास्वपाको सहमहामन्त्रीमा ११ जनाको उम्मेदवारी अर्घाखाँचीमा ६० हजार टिमुरका बिरुवा रोपिँदै प्रचण्ड, माधव नेपाल र शेखर कोइरालाबीच विराटनगरमा भेटवार्ता महामन्त्री पदको उम्मेदवारी फिर्ता लिँदै खरेलले भने: लामो बाटो तय गर्नुछ रास्वपा महाधिवेशन लम्बिँदा प्रतिनिधि सभा बैठक फेरि स्थगित रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध कार्तिक १४ गते काठमाडौंमा ‘जापान–नेपाल फुड एण्ड म्युजिक फेस्टिबल’ आयोजना हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

वरिष्ठ हाँस्यकलाकार किरण केसी सरकारको उपभोक्ता सद्भावनादूत



अ+ अ-

काठमाडौं । नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ललितपुर इमाडोल निवासी वरिष्ठ हाँस्य अभिनेता किरण केसी ‘रातामकै’ लाई सद्भावनादूत (गुडविल एम्वेसडर) नियुक्त गरेको छ ।

वरिष्ठ हाँस्य अभिनेता केसी उनको चर्चित थेगो ‘रातामकै’ को रुपमा सर्वसाधारणमाझ बढी चर्चित छन् ।

सरकारले विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा आइतबार राजधानीमा आयोजित एक विशेष कार्यक्रममा वरिष्ठ कलाकार ‘रातामकै’ लाई उपभोक्ताको हक, हित र अधिकारका लागि आफ्नो क्षेत्रबाट दिँदै आएको योगदानको कदरस्वरुप आगामी दुई बर्षका लागि सद्भावनादूत नियुक्त गरेको हो ।

उद्योग–वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको, वाणिज्य, आपूर्ति र उपभोक्ता हीत संरक्षण विभागले उपभोक्ता अधिकार सद्भावनादूतका रुपमा उनलाई नियुक्त गरिएको हो ।

उद्योग, वाणिज्य तथा आपुर्तिमन्त्री लेखराज भट्टले कलाकार रातामकैलाई सद्भावनादूतमा मनोनित गरिएको प्रमाणपत्र हस्तान्तरण गरेका थिए भने कार्यक्रममा उक्त मन्त्रालयका सचिव वैकुण्ठ अर्याल विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदी तथा राष्ट्रिय सूचना आयोगका निवर्तमान प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटासमेतको उपस्थिति थियो ।