२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकामा कोरोना भाइरस विरुद्धको खोप परीक्षण गरिँदै



अ+ अ-

काठमाडौं । अमेरिकामा कोरोना भाइरस विरुद्धको खोप परीक्षण हुन लागेको समाचार छ । कोरोना विरुद्धको संक्रमणबाट जोगाउन हालसालै विकास गरिएको भनिएको यो खोप पहिलो पटक मानिसमा परीक्षण गर्न लागिएको अमेरिकी सञ्चारमाध्मले जनाएका छन् ।

अमेरिकाको सियाटल सहरमा सुरु गर्न लागिएको यो परीक्षणमा ४५ जना वयस्क अमेरिकी स्वयंसेवी सहभागी हुने बीबीसीले जनाएको छ । अमेरिकी सरकारले उपलब्ध गराएको खर्चमा यसको अनुसन्धान गरिएको हो ।

खोपले बिरामीको कोषलाई भाइरसको संक्रमणबाट जोगाउन वा रोगविरुद्ध लडेर निको पार्न आवश्यक प्रोटीन उत्पादन गर्न सक्रिय बनाउने वैज्ञानिकको योजना छ ।

पहिलो चरणमा गर्न लागिएको यो कोरोना भाइरसविरुद्धको भ्याक्सिनको मात्राले प्रतिरक्षा प्रणालीले कुनै प्रतिक्रिया जनाए वा नजनाएको जाँच हुने बताइएको छ । परीक्षण गर्न लागिएको भ्याक्सिनलाई नाम MRNA-1273 राखिएको छ ।