२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भीम रावलले गरे पिएचडी



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिस्‍ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य भीम रावलले विद्यावारिधि पिएचडीको उपाधि लिएका छन् । पूर्वउपप्रधान, गृह र रक्षामन्त्रीसमेत भइसकेका रावलले ‘पोलिटिकल भ्वाइलेन्स एण्ड द माओइस्ट इन्सर्जेन्सी इन नेपाल’ शीर्षकमा विद्यावारिधि प्राप्त गरेका हुन् ।

सोमबार रावलको शोध प्रबन्धको भाईभा थियो । रिसर्च कमिटीका प्राध्यापकमाझ रावलले आफ्नो शोध प्रबन्धको विस्तृतमा चर्चा गरेका थिए ।

रावलको शोधप्रबन्ध गाइडको रुपमा राजनीतिक शास्त्र केन्द्रीय विभागका पूर्वप्रमुख प्रा. डा. मीना वैद्य रहेकी थिइन् ।