२० भाद्र २०८३, शनिबार
,
Latest
उपत्यका बाहिर ‘बोटलिङ’ गरी खानापकाउने ‘एलपि ग्यास’ ढुवानी गरिँदै आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली कम्युनिष्ट पार्टीमा भीम रावल समायोजन हुने



अ+ अ-

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी र भीम रावल नेतृत्वको ‘मातृभूमि जागरण अभियान, नेपाल’ एकीकृत हुने भएका छन्।

यस सन्दर्भमा ‘बृहत पार्टी समायोजन कार्यक्रम’ कार्तिक २६ गते (बुधबार) काठमाडौंको राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्गमा आयोजना गरिएको छ।

कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधव कुमार नेपाल र मातृभूमि जागरण अभियान, नेपालका संयोजक भीम रावल मुख्य वक्ताको रूपमा उपस्थित हुनेछन्।

यो समायोजन कार्यक्रमलाई ऐतिहासिक राजनीतिक एकताको रूपमा हेरिएको नेता प्रकाश ज्वालाले बताए।

पार्टीका नेता, कार्यकर्ता, समर्थक र शुभेच्छुक जनसमुदायलाई कार्यक्रममा उपस्थित रहन उनले अनुरोध गरेका छन्।