काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी र भीम रावल नेतृत्वको ‘मातृभूमि जागरण अभियान, नेपाल’ एकीकृत हुने भएका छन्।
यस सन्दर्भमा ‘बृहत पार्टी समायोजन कार्यक्रम’ कार्तिक २६ गते (बुधबार) काठमाडौंको राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्गमा आयोजना गरिएको छ।
कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधव कुमार नेपाल र मातृभूमि जागरण अभियान, नेपालका संयोजक भीम रावल मुख्य वक्ताको रूपमा उपस्थित हुनेछन्।
यो समायोजन कार्यक्रमलाई ऐतिहासिक राजनीतिक एकताको रूपमा हेरिएको नेता प्रकाश ज्वालाले बताए।
पार्टीका नेता, कार्यकर्ता, समर्थक र शुभेच्छुक जनसमुदायलाई कार्यक्रममा उपस्थित रहन उनले अनुरोध गरेका छन्।









