१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपा पदाधिकारी निर्वाचन : ६ पदका लागि ३० उम्मेदवार चुनावी प्रतिस्पर्धामा यातनापीडितको संरक्षण र न्यायका निम्ति राष्ट्रसङ्घको जोड सुनचाँदीको मूल्य अस्थिर रास्वपाको सहमहामन्त्रीमा ११ जनाको उम्मेदवारी अर्घाखाँचीमा ६० हजार टिमुरका बिरुवा रोपिँदै प्रचण्ड, माधव नेपाल र शेखर कोइरालाबीच विराटनगरमा भेटवार्ता महामन्त्री पदको उम्मेदवारी फिर्ता लिँदै खरेलले भने: लामो बाटो तय गर्नुछ रास्वपा महाधिवेशन लम्बिँदा प्रतिनिधि सभा बैठक फेरि स्थगित रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध कार्तिक १४ गते काठमाडौंमा ‘जापान–नेपाल फुड एण्ड म्युजिक फेस्टिबल’ आयोजना हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

दैलेखमा गिद्ध



अ+ अ-

दैलेख । जिल्लाका विभिन्न भूभागमा लोप हुँदै गएका गिद्ध देखिन थालेका छन् । मध्य पहाडमा बासस्थान हुने सुन गिद्ध, घाँटी खुलेका र अन्य सानो प्रजातिका गिद्ध यहाँ पछिल्ला वर्षमा बढ्दै गएको पाइन्छ । विषाक्त औषधि सेवन गरेर मरेका सिनो खाने क्रम बढेसँगै गिद्ध लोप हुँदै गएको छ । गिद्धले एकै पटक ३०० किमी आकाशीय दूरीमा उडान भर्न सक्छ । नेपाल पन्छी संरक्षण सङ्घ काठमाडौँको अध्ययनानुसार गिद्धले सिमलको रूख, सल्ला, साललगायत १३ प्रजातिका फरकफरक रूखमा गुँड बनाउने गरेको छ ।

दैलेखमा पन्छी हेर्ने छुट्टै कार्यालय छैन । गिद्ध विनाशको प्रमुख कारण डाइक्लोफिन्याक विषादी भएको पशुसेवा कार्यालय प्रमुख कपिल उपाध्यायले बताउनुभयो । उहाँले भन्नुभयो, “डाइक्लोफिन्याक खुवाइएका पशु चौपाया मरेपछि सिनोसँगै गिद्धले समेत सो विषादी खाएका हुन्छन् जसका कारण गिद्धको मिर्गौलामा समस्या हुने भएपछि गिद्ध लोप हुँदै गएको हो । दैलेखमा दुल्लु, दैलेख नगरपालिका, महाबु गाउँपालिका आदि ठाउँका सिमल र सल्लाका रूख प्रशस्त मात्रामा पाइने भएकाले पछिल्ला दिनमा गिद्धको सङ्ख्या बढ्दै गएको छ । नेपालमा गिद्ध संरक्षण गर्ने अभियान थालिए पनि सङ्घीयतासँगै स्थानीय सरकारले यसबारे चासो बढाएका छैनन् ।