२२ आश्विन २०८१, मंगलवार
,
Latest
चन्द्रागिरिद्वारा स्थानीय स्वेच्छिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक: संयुक्त राष्ट्रसङ्घमा प्रस्तुत गरिँदै कस्तो रह्यो गाजा द्वन्द्वको एक वर्ष ? अध्येता सोडारीको ‘शिवलिङ्गभित्रको विज्ञान’ कृति सार्वजनिक अवरुद्ध कान्तिलोकपथ मार्ग सुचारु- फोटो फिचर बुधवार बिहानदेखि कान्ति राजमार्ग पूर्ण रुपमा सञ्चालन हुने वरिष्ठ स्रष्टा भट्टराईको ‘दिलमायाको चिया दोकान’गीत सार्वजनिक कञ्चनपुरमा जङगली हात्तीको आक्रमणबाट युवकको मृत्यु बाढी प्रभावित क्षेत्रको जानकारी लिन गृह,भौतिक र रक्षा मन्त्री सिन्धुलीमा दशैंको बजार -फोटो फिचर क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा सरकारले पुनरावेदन नगर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

दैलेखमा गिद्ध



अ+ अ-

दैलेख । जिल्लाका विभिन्न भूभागमा लोप हुँदै गएका गिद्ध देखिन थालेका छन् । मध्य पहाडमा बासस्थान हुने सुन गिद्ध, घाँटी खुलेका र अन्य सानो प्रजातिका गिद्ध यहाँ पछिल्ला वर्षमा बढ्दै गएको पाइन्छ । विषाक्त औषधि सेवन गरेर मरेका सिनो खाने क्रम बढेसँगै गिद्ध लोप हुँदै गएको छ । गिद्धले एकै पटक ३०० किमी आकाशीय दूरीमा उडान भर्न सक्छ । नेपाल पन्छी संरक्षण सङ्घ काठमाडौँको अध्ययनानुसार गिद्धले सिमलको रूख, सल्ला, साललगायत १३ प्रजातिका फरकफरक रूखमा गुँड बनाउने गरेको छ ।

दैलेखमा पन्छी हेर्ने छुट्टै कार्यालय छैन । गिद्ध विनाशको प्रमुख कारण डाइक्लोफिन्याक विषादी भएको पशुसेवा कार्यालय प्रमुख कपिल उपाध्यायले बताउनुभयो । उहाँले भन्नुभयो, “डाइक्लोफिन्याक खुवाइएका पशु चौपाया मरेपछि सिनोसँगै गिद्धले समेत सो विषादी खाएका हुन्छन् जसका कारण गिद्धको मिर्गौलामा समस्या हुने भएपछि गिद्ध लोप हुँदै गएको हो । दैलेखमा दुल्लु, दैलेख नगरपालिका, महाबु गाउँपालिका आदि ठाउँका सिमल र सल्लाका रूख प्रशस्त मात्रामा पाइने भएकाले पछिल्ला दिनमा गिद्धको सङ्ख्या बढ्दै गएको छ । नेपालमा गिद्ध संरक्षण गर्ने अभियान थालिए पनि सङ्घीयतासँगै स्थानीय सरकारले यसबारे चासो बढाएका छैनन् ।