५ श्रावण २०८३, मंगलवार
,
Latest
बिजक लिने उपभोक्तालाई १० लाखसम्मको उपहार, ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ कार्यान्वयनमा प्रधानमन्त्री र मन्त्रीहरू पार्टी नेतृत्वप्रति जवाफदेही हुनुपर्छः अर्थमन्त्री वाग्ले अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले अतिक्रमित वनक्षेत्रको संरचना हटाइयो नेत्रज्योति संघले बढायो स्वास्थ्य पर्यटनको सम्भावना व्यवसायमैत्री नियमावली बनाउन बिर्तामोड उद्योग वाणिज्य संघको आग्रह हेटौँडामा नगर ‘ई लाइब्रेरी’ सञ्चालनमा ल्याइने यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आईसीसी क्रिकेट विश्वकप लिग २ : त्रिदेशीय शृंखलामा नामिबियासँग भिड्दै नेपाल अपराधसँग सम्बन्धित ७७ मुद्दा फछ्र्योट
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेशमा मुख्यमन्त्री नियुक्तिको विरोधमा नाराबाजी, मुख्यमन्त्रीको कार्यकक्ष तोडफोड



अ+ अ-

जनकपुरधाम । मधेस प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्तिको विषयलाई लिएर मुख्यमन्त्री कार्यालयमा तोडफोड भएको छ ।

सोमबार बिहान मधेसका कांग्रेससहित सात दलकाका सांसदहरू कार्यालयभित्र पसेर मुख्यमन्त्री कार्यालयमा तोडफोड गरेका हुन् ।

अहिले उनीहरुलेले नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवविरुद्ध नाराबाजी गरिरहेका छन् । नवनियुक्त मुख्यमन्त्री यादव आउने जानकारी पाएपछि उनलाई अवरोध गर्न नेता र कार्यकर्ताहरु मुख्यमन्त्री कार्यालय अगाडी जम्मा भएका छन् । दलका कार्यकर्ताहरुले प्रदेश गृह, सञ्चार तथा कानून मन्त्रालयमा तालाबान्दी समेत गरेका छन् ।

आजै बिहान प्रदेश प्रमुख  भण्डारीले महोत्तरी र सिन्धुलीको सीमाना जंगलमा रहेको पानस कटेजमा एमाले दलका नेता सरोजकुमार यादवलाई नयाँ मुख्यमन्त्रीमा नियुक्त गरेकी थिईन् । प्रदेशको सबैभन्दा ठूलो दलको हैसियतमा संविधानको धारा १ सय ६८ को उपधारा ३ बमोजिम यादवलाई मुख्यमन्त्री नियुक्त गरिएको बताइएको छ ।

प्रदेश प्रमुख भण्डारीले संविधानलाई मिचेर एमालेका नेता यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेको भन्दै बाँकी दलहरू असन्तुष्ट छन् ।